२०८२, माघ २ गते

Jan 16 2026 | २०८२, माघ २ गते

एकैपटक तीन पुस्तेले गरे रक्तदान

मंगलवार , जेठ ११, २०७८

  • 3.0K
    Shares
  • 3.0K
    Shares
  • बुटवल, ११ जेठ ।
    नेपाल नियमित रक्तदाता संघ रुपन्देहीले देवदह १० चरङेमा ५१ पिन्ट रगत संकलन गरेको छ । नेपाल नियमित रक्तदाता संघ रुपन्देही र चरङे युवा क्लबको संयुक्त आयोजनामा ५१ पिन्ट रक्तदान गरिएको छ । कोभिड–१९ को महामारीको बाबजुद पनि रगत अभावको कारण यस किसिमको कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएका छन् । 

    नेपाल नियमित रक्तदाता संघका अध्यक्ष दया बहादुरको अध्यक्षता, देवदह नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष एक बहादुर सुनारको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा चरङे युवा क्लबका अध्यक्ष, नेपाल नियमित रक्तदाता संघका उपाध्यक्ष लेखनाथ भण्डारी, चरङे युवा क्लबका अध्यक्ष विश्व प्रसाद, इमान होटल का संचालक इमान सिंह थापा लगायतले बोलेका थिए ।

    संघका सचिव महेश खनालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा रक्त सञ्चार केन्द्र बुटवलले प्राविधिक सहयोग गरेको थियो ।

    सोही अवसरमा तीन पुस्ते आमा, छोरा र नातिले एकैपटक रक्तदान गरेका थिए ।