२०८३, बैशाख १४ गते

Apr 27 2026 | २०८३, बैशाख १४ गते

महामारीमा रगतको अभाव हुन नदिन जनमत पार्टीको रक्तदान

आइतवार , जेठ ९, २०७८

  • 5.7K
    Shares
  • 5.7K
    Shares
  • भैरहवा, ९ जेठ । 
    महामारीमा रगतको अभाव हुन नदिन जनमत पार्टी रुपन्देहीले आइतबार भैरहवामा रक्तदान कार्यक्रम गरेको छ । ‘रक्तदान जीवनदान’ भन्ने नाराका भैरहवास्थित नेपाल रेडक्रस सोसाइटी रुपन्देही शाखा कार्यालय परिसरमा भएको कार्यक्रममा २० जनाले रक्तदान गरेको पार्टीले जनाएको छ ।

    कार्यक्रममा पार्टीका नेता राजेश मौर्या, विष्णु सिंह लोध, हरिकेश हरिजन, लालजी कोहार, निधिलाल अशान्त, राधेश्याम केवट, चन्द्र सिंह, सुन्दर यादव, ओम प्रकाश धवल लगायतले रक्तदान गरेका थिए ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि जनमत पार्टीका केन्द्रीय सचिव भोपेन्द्र प्रसाद यादवले रगतको अभावमा विरामीको अकालमै मृत्यु हुन नदिन रक्तदान कार्यक्रम गरिएको बताए । ‘कोभिड–१९ महामारीको बेला रगतको अभाव हुन सक्छ, निषेधाज्ञाका कारण रक्तदान कार्यक्रम हुन सकेका छैनन्, त्यसैले जनमत पार्टी नागरिकको ज्यान बचाउने अभियानमा लागेको छ, ’उनले भने । वातावरण संरक्षण गर्ने उद्देश्यले पार्टीले वृक्षारोपण अभियान समेत सञ्चालन गरेको उनको भनाइ छ ।

    पार्टीका रुपन्देही जिल्ला इञ्चार्ज एवं केन्द्रीय सदस्य रामकेश गुप्ताको अध्यक्षता, नेपाल रेडक्रस सोसाइटी रुपन्देहीका मन्त्री आर मोहम्मद खानको विशिष्ट आतिथ्यता तथा पार्टीका युवा नेता शम्भु यादवको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।