२०८३, आश्विन २० गते

Oct 06 2026 | २०८३, आश्विन २० गते

सुनचाँदी व्यवसायीलाई सम्पत्ति शुद्धीकरण र बिलबिजकसम्बन्धी अभिमुखीकरण

मंगलवार , आश्विन २०, २०८३

  • 187
    Shares
  • 187
    Shares
  • भैरहवा, २० असोज । सिद्धार्थनगर सुनचाँदी व्यवसायी संघ सिद्धार्थनगर–१३, रुपन्देहीको आयोजनामा सुनचाँदी व्यवसायीलाई सम्पत्ति शुद्धीकरण, सीप प्रबन्धन, ०.५ प्रतिशत कर, बिलबिजक तथा आर्थिक कारोबारसम्बन्धी जानकारी दिने तालिम तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

    मंगलबार आन्तरिक राजस्व कार्यालय, भैरहवामा आयोजित कार्यक्रममा सुनचाँदी व्यवसाय सञ्चालन गर्दा अपनाउनुपर्ने कानूनी तथा वित्तीय प्रक्रियाबारे व्यवसायीलाई जानकारी गराइएको थियो ।

    कार्यक्रममा सुनचाँदी कारोबारको बिलबिजक कसरी व्यवस्थित राख्ने, शंकास्पद व्यक्तिसँग कारोबार नगर्ने तथा आर्थिक कारोबार बैंकिङ प्रणालीमार्फत गर्नेलगायतका विषयमा जानकारी दिइएको संघका अध्यक्ष राजन विश्वकर्माले जानकारी दिनुभयो । उहाँका अनुसार सुनचाँदी व्यवसायमा पारदर्शीता कायम गर्न, कानूनी प्रावधानको पालना गर्न तथा व्यवसायीलाई वित्तीय अनुशासनबारे सचेत गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

    संघका अध्यक्ष राजन विश्वकर्माको अध्यक्षता तथा आन्तरिक राजस्व कार्यालय भैरहवाका प्रमुख कर अधिकृत प्रेमराज पोख्रेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

    संघका वरिष्ठ उपाध्यक्ष एवं कार्यक्रम संयोजक प्रेम रामदामको स्वागतमा भएको कार्यक्रमको सञ्चालन महासचिव गणेश वि.क.ले गर्नुभएको थियो । कार्यक्रममा ५० जनाभन्दा बढी सुनचाँदी व्यवसायीको सहभागीता रहेको थियो ।