२०८३, आश्विन १७ गते

Oct 03 2026 | २०८३, आश्विन १७ गते

विद्यार्थी राजनीतिबाट पार्टी नेतृत्वतर्फ चिरञ्जीवी बस्याल को यात्रा

शनिवार , आश्विन १७, २०८३

  • 34
    Shares
  • 34
    Shares
  • विद्यार्थी राजनीतिबाट पार्टीको मूलधारको राजनीतिमा प्रवेश गरेका  तिलोत्तमाका युवा नेता चिरञ्जीवी बस्याल  नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत रुपन्देही क्षेत्र नं. १ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्।

    ३४ वर्षीय बस्याल युवा पुरुषतर्फ लोकप्रिय मतसहित महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन्। 

    गिर्वाण स्कुलबाट २०६२ मा ने.वि. सघं सुरु गर्दै राममणि बहुमुखी क्याम्पसमा ईकाई सचिव हुँदै अध्यक्ष भएर काम गर्दै ने.वि.सघं केन्द्रीय सदस्य समेत भइसकेका छन्। विद्यार्थी राजनीतिबाट सक्रिय राजनीतिक यात्रा सुरु गरेका उनी पछिल्लो समय नेपाली कांग्रेसको पार्टी राजनीतिमा सक्रिय छन्।

    युवा पुस्ताको प्रतिनिधित्व गर्दै महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएपछि बस्यालको राजनीतिक यात्रा पार्टी नेतृत्वतर्फ अघि बढेको देखिएको छ।