बुधवार , आश्विन १४, २०८३
भैरहवा, १४ असोज । सिद्धार्थनगर नगरपालिकाका प्रमुख (मेयर) इश्तियाक अहमद खाँ नेपाली काँग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत निर्वाचित हुनुभएको छ । काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत रुपन्देही क्षेत्र नम्बर ३ बाट खाँ (मुस्लिम पुरुष) तर्फ मेयर खाँ सर्वसम्मत निर्वाचित हुनुभएको हो ।
महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएपछि उहाँले आफूलाई सर्वसम्मत निर्वाचित गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने सम्पूर्ण वडा सभापति, क्षेत्रीय प्रतिनिधि, नेपाली काँग्रेसका सम्पूर्ण क्रियाशील सदस्यहरू एवं शुभेच्छुकज्यूप्रति आभार तथा धन्यवाद व्यक्त व्यक्त गर्नुभएको छ ।
‘यहाँहरूले प्रदान गर्नुभएको अमूल्य विश्वास, सहयोग, सद्भाव र एकताप्रति म हृदयदेखि नै कृतज्ञ छु, ’उहाँले भन्नुभयो–‘आगामी दिनमा पनि काँग्रेसको संगठनलाई अझ सुदृढ, एकताबद्ध, लोकतान्त्रिक र जनमुखी बनाउन इमानदारी, निष्ठा र प्रतिबद्धताका साथ निरन्तर समर्पित रहने प्रतिबद्धता व्यक्त गर्दछु । यहाँहरूको विश्वासलाई सदैव सम्मान गर्दै जनताको हित र संगठनको सुदृढीकरणका लागि निरन्तर सक्रिय रहनेछु ।’
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij