बुधवार , आश्विन १४, २०८३
भैरहवा । रुपन्देहीका पुराना नेता रामचन्द्र ढकालले कांग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी दिनुभएको छ ।
संघर्षबाट खारिनु भएका तथा त्यागबाट स्थापित नेता ढकालले रुपन्देही क्षेत्र नं. ३ बाट नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी दिनुभएको हो ।
रुपन्देहीका अनुभवी, संघर्षशील, त्यागी एवं समर्पित नेता ढकाल प्रजातन्त्र र लोकतन्त्रको आन्दोलनमा आफ्नो जीवनको महत्वपूर्ण समय समर्पण गर्नुभएको छ ।
लोकतान्त्रिक आन्दोलनका क्रममा करिब दुई वर्ष जेल जीवन बिताउनुभएका ढकालले रुपन्देहीमा प्रजातन्त्र तथा लोकतन्त्रका लागि भएका विभिन्न आन्दोलनमा अग्रपंक्तिमा रहेर नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको पार्टी निकट नेताहरुको भनाइ छ ।
पार्टी संगठनलाई बलियो बनाउन निरन्तर योगदान पुर्याउँदै दुई कार्यकाल नेपाली कांग्रेस रुपन्देही जिल्ला सभापतिको जिम्मेवारी सम्हाल्नुभएका ढकालमा संगठन निर्माण, कार्यकर्ताको संरक्षण र पार्टीलाई जनस्तरसम्म मजबुत बनाउन सक्ने महत्वपूर्ण क्षमता छ ।
राजनीतिसँगै शैक्षिक तथा सामाजिक क्षेत्रमा समेत सक्रिय र प्रतिष्ठित व्यक्तित्वका रूपमा परिचित ढकालले कांग्रेसमा जागेको युवापुस्ता जोसलाइ पार्टी रुपान्त्त्रणमा लगाउनु पर्ने धारणा राख्नु भएको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij