images

शुक्रवार, बैशाख २१ गते २०८१

संविधानमाथि पटकपटक प्रहार !

संविधानमाथि पटकपटक प्रहार !

images
images
images
शनिवार, जेठ ८ २०७८
शनिवार, जेठ ८ २०७८
  • संविधानमाथि पटकपटक प्रहार !

    विगतलाई पल्टाएर हेर्ने हो भने नेपालमा ठुलाठुला निर्णयहरु प्रायजसो मध्यरातमा हुने गरेका छन् । राणा शासनदेखि राजतन्त्र र हालको निर्णय त्यसैको एउटा रुप हो । अहिले राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ (५) बमोजिम प्रधानमन्त्री नियुक्त गर्न नसक्ने निर्णय गर्दै प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्ने कुनै आधार नदेखिएको र ओली र देउवा दुवैलाई नियुक्त गर्न नमिल्ने निर्णय गर्दै मन्त्रिपरिषद्को सिफारिसमा शुक्रबार राति १ बजेर ४९ मिनेटमा प्रतिनिधिसभा विघटन गर्दै आउँदो कात्तिक २६ र मंसिर ३ गते प्रतिनिधिसभाको निर्वाचन गर्ने गरी मिति तोकेर मध्यरातमा संविधानमाथि चोटिलो प्रहार गरेकी छन् । यो संविधानको जन्म मध्यरातमा भएको कारणले नै होला यो संविधानलाई मध्यरातमा ब्यूताएर प्रतिनिधिसभा विघटन गरी संविधानमाथि प्रहार गर्नुपरेको नेपाल कम्युनिष्ट पार्टीको सरकारको गठनसंगै पार्टीको आन्तरिक किचलोको कारण पटक पटक यो संविधानमाथि प्रहार भइरहेका छन् ।

    images
    images
    images

    आफ्नो नीहित सत्ता स्वार्थका कारण विगतमा आफूलाई आफ्नै पार्टीभित्र ‘कू’ गर्ने संकेत पाएपछि प्रधानमन्त्री केपी ओलीले मन्त्रीपरिषदको बैठकबाट दल सम्बन्धी ऐनमा संशोधन सम्बन्धी अध्यादेश पारित गर्न राष्ट्रपति समक्ष पठाएका थिए । प्रधानमन्त्रीको यो सिफारिसलाई संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश २०७७ र संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन अध्यादेश २०७७ जारी गरे पश्चात यसको चर्को विरोध भएपछि राष्ट्रपतिले  पछि हटेर संविधानमाथि अर्को प्रहार गरेकी थिइन् । 

    यो संविधानमाथिको प्रहारको आलो घाऊ मेटिन नपाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीको गत पुस ५ गते संसद बिघटनको सिफारिसलाई उनले सदर गरिदिएर फेरी अर्को पटक संविधानमाथि चोटिलो प्रहार गरेकी थिइन्, जसलाई सर्वोच्च अदालतले उल्टाइदिएको थियो । संविधानको धाराहरुलाई आफु अनुकुल व्याख्या गर्दै निर्णय गर्ने र आफुले गरेका निर्णयबाट पछि हट्ने परम्पराको थालनी र संविधानमाथिको बल मिच्याई यो सरकारको गठनसंगै भइरहेका छन् ।

    यो सरकारले सत्ता सम्हालेसंगै संविधानको मर्मविपरीत पटकपटक मन्त्रीमण्डल गठन गर्नेदेखि प्रधानमन्त्रीको सपथ गर्ने सम्मका प्रक्रियाहरूको विभिन्न संचारमाध्यम लगायत सामाजिक संजालहरुमा चर्चाको विषय बनिरहेकै समयमा सारा जनता मस्त निन्द्रामा रहेको बेलामा मध्यरातमा एउटा पार्टीको आन्तरिक किचलोको कारण जनताद्वारा निर्मित संविधानलाई रातमा ब्युझाउने काम भएको छ । संविधानलाई मध्यरातमा नै दुःख दिनुपर्ने कारण राष्ट्रपति र प्रधानमन्त्रीलाई के परेछ त्यस्तो ? हरेक कुरालाई आफ्नो अनुकुल गर्न सक्ने नेपालका राजनीतिक दलहरुको संस्कारका कारण नै अहिलेको यो कदम हो भनेर बुझ्नुपर्ला ।

    अहिले ओली र राष्ट्रपतिको यो कदमको व्यापक विरोध भइरहेको छ । नेपाली कांग्रेसका नेता गगन थापाले ओली र भण्डारीलाई नेपालको संविधान २०७२ मन नपरेको र पटकपटक उनीहरुले संविधानको उल्लंघन गरेको बताएका छन् भने संकी प्रधानमन्त्री र मतियार राष्ट्रपतिले मुलुकलाई अंध्यारो सुरुङमा हालेको आरोप लगाएका छन् । त्यस्तै सर्वोच्च अदालतका पूर्व न्यायाधीश बलराम केसीले राष्ट्रपति विद्यादेवी भण्डारीको कदमले अदालतको अपहेलना भएकोले दोस्रो पटक संसद विघटनविरुद्ध अदालतमा रिट हालेर राष्ट्रपति भण्डारीलाई अदालतको अपहेलना मुद्दा लगाउनुपर्ने र संसद पुनस्र्थापना पश्चात महाअभियोग लगाउनु पर्ने अभिप्राय दिएका छन् ।

    नेकपा (माओवादी केन्द्र) का नेता तथा पूर्वमन्त्री वर्षमान पुनले राष्ट्रपतिको मध्यरातको निर्णयलाई ‘मध्यरातको डकैती’ भनेका छन् । उनले सामाजिक संजालमा राष्ट्रपति र ओलीले मध्यरातमा डकैती गरेको आरोप लगाएका छन् । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले संसद विघटन र निर्वाचनको घोषणालाई प्रतिगमन भाग २ को संज्ञा दिएका छन् भने राष्ट्रपतिको कदमबारे षड्यन्त्रकारीहरुको उक्साहट र चाहनामा संसद्को चीरहरण भएको भन्दै फेरी प्रतिगमन दोहोरिएको कुरा व्यक्त गरेका छन् ।

    देश कोरोना भाइरसले छटपटाई रहेको छ । यो अवस्थामा सरकारको ध्यान यसतर्फ केन्द्रित हुनुपर्नेमा कथित राजनीतिक सत्ता स्वार्थका लागि देशको ढुकुटी रित्याएर गरिने आम चुनावको घोषणाले देशलाई कुन दिशातर्फ धकेल्न खोजिदै छ ? यसको जवाफ नेपाली जनताले खोजिरहेका छन् । नेपाली जनता कोरोनाका कारण हरेक दिन मृत्युवरण गरिरहेका छन् । अस्पतालमा अक्सिजन छैन् । स्वास्थ्य सामग्रीको चरम अभाव छ । कोरोना पीडित निरीह जनता अस्पतालमा बेडको अभावमा सडकमा छन् । कालाबजारियाको बिगबिगी छ । देशमा भ्रष्टाचारले जरा गाडेको कुरा विभिन्न छापाहरुमा आइरहेका छन् । आफ्नै पार्टीभित्रको किचलो मिलाउन नसकेर राष्ट्रपति र प्रधानमन्त्री ओलीको मिलेमतोमा कोरोनाले थिलथिलो पारेको जनतालाई चुनावी प्रचारप्रसारमा होमिन लगाएर ओलीले गर्न खोजेको के हो ? नेपाल कम्युनिष्ट पार्टी (एमाले) भित्रको पद र सत्ताको लालचका कारण मध्यरातमा संसदको विघटन गरेर संविधानमाथिको पटकपटकको प्रहार दुर्भाग्यपूर्ण छ । यो अहिलेको बिना मौसमको बाजा कदापि राष्ट्र हितमा हुन् सक्दैन ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij