२०८३, आश्विन ३ गते

Sep 19 2026 | २०८३, आश्विन ३ गते

संविधान दिवसको अवसरमा कोटहीमाईमा सरसफाई

शनिवार , आश्विन ३, २०८३

  • 172
    Shares
  • 172
    Shares
  • भैरहवा, ३ असोज । रुपन्देहीको कोटहीमाई गाउँपालिकाले संविधान दिवसको पूर्वसन्ध्यामा सरसर्फाइ कार्यक्रम गरेको छ। शुक्रबार गाउँपालिका कार्यालय परिसरमा कर्मचारीहरूले सरसफाई गरेका हुन् ।

    गाउँपालिकाले संविधान दिवसको अवसरमा आयोजना गरेको दुईदिने कार्यक्रमअन्तर्गत शुक्रबार सरसफाई कार्यक्रम गरिएको प्रमुख प्रशासकीय अधिकृत सतेन्द्र यादवले जानकारी दिनुभयो ।

    कार्यालय परिसरमा फोहोरमैला व्यवस्थापनप्रति कर्मचारी तथा जनप्रतिनिधिलाई जिम्मेवार बनाउन, कार्यालय परिसरलाई सफा–सुग्घर राख्न तथा सरसफाईप्रति सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको यादवले बताउनुभयो ।

    ‘संघीय लोकतान्त्रिक गणतन्त्र, हाम्रो संविधान हाम्रो गौरव’ भन्ने सन्देशसहित गाउँपालिकाले सरसफाईसँगै दीप प्रज्वलन गरी संविधान दिवस मनाउने कार्यक्रम तय गरेको प्रमुख प्रशासकीय अधिकृत यादवले जानकारी दिनुभयो ।