२०८३, आश्विन २ गते

Sep 18 2026 | २०८३, आश्विन २ गते

नागरिकलाई आश्वासन होइन, परिणाम चाहिएको छ : सांसद पौड्याल

शुक्रवार , आश्विन २, २०८३

  • 250
    Shares
  • 250
    Shares
  • भैरहवा, २ असोज । प्रतिनिधि सभा सदस्य ज्ञानु पौड्यालले नागरिकलाई आश्वासन नभइ परिणाम चाहिएको बताउनुभएको छ । बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्नुहुँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सांसद पौड्यालले दुर्गमका नागरिकले राज्यको उपस्थिति र विकासको प्रत्यक्ष अनुभूित गर्न सक्नुपर्ने सरकारसँग माग राख्नुभएको छ ।

    उहाँले कर्णाली प्रदेश कालीकोट अस्पताल म्यानमामा हाडजोर्नी तथा नशारोग विशेषज्ञको अभाव हुँदा उपचारका लागि नागरिकले सुर्खेत, नेपालगञ्ज धाउनुपरेको बताउनुभयो । ‘म स्वयं कालिकोट अस्पताल पुगेको बेला पनि मेडिकल सुपरीटेण्डेण्ट (मेसु) तथा सरोकारवालासँग छलफल गर्दा दुर्घटना, भिरबाट लड्ने तथा हाडजोर्नीका बिरामीहरु धेरै आउने गरेका छन् । सेवा नपाउँदा गरीब तथा विपन्न नागरिकमाथि ठूलो आर्थिक र मानसिक बोझ थपिएको छ । यसले गर्दा स्वास्थ्य सेवाबाट वञ्चित पनि हुनुपरेको छ, ’उहाँले भन्नुभयो ।

    अस्पतालमा तत्काल विशेषज्ञ सेवाको व्यवस्था गर्न सरकारसँग उहाँले माग गर्नुभयो । त्यसै गरी खाडाचक्र नगरपालिकामा करौडौं रुपैयाँको लगानीमा निर्माण भएको बसपार्क पाँच वर्षदेखि सञ्चालनमा आउन नसकेको सांसद पौड्यालले जानकारी दिनुभयो । ‘यात्रु सडकमा बस्नुपर्ने, दुर्घटनाको जोखिम बढ्ने र राज्यको लगानीमा बनेको संरचना जीर्ण हुँदै गएको अवस्था अन्त्य गरिनुपर्छ, ’उहाँले भन्नुभयो ।