२०८३, आश्विन २ गते

Sep 18 2026 | २०८३, आश्विन २ गते

गुल्मेली समाज जापानद्वारा रसुवाका बाढीपीडितका लागि ६ लाख सहयोग

शुक्रवार , आश्विन २, २०८३

  • 199
    Shares
  • 199
    Shares
  • टोकियो, २ असोज । प्रवासमा नेपाली संस्कृति जोगाउन आयोजित तीज कार्यक्रम रसुवाका बाढीपीडितका लागि ठूलो राहतको स्रोत बनेको छ ।

    गुल्मेली समाज जापानले टोकियोमा आयोजना गरेको ‘हरितालिका तीज विशेष कार्यक्रम–२०२६’ लाई विशुद्ध मनोरञ्जनमा मात्र सीमित नराखी परोपकारसँग जोडेको हो ।

    सोही कार्यक्रमबाट संकलित रकममध्ये ६ लाख रुपैयाँ रसुवाका बाढीप्रभावित नागरिकहरूको राहत तथा पुनस्र्थापनाका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरिएको छ ।

    समाजले सिटी एक्सप्रेस मनी ट्रान्सफर जापानमार्फत कुल ६ लाख ११ हजार ६२१ जापानी येन नेपाल पठाएको हो, जसको नेपाली मूल्य ६ लाख रुपैयाँ हुन्छ ।

    प्रवासमा रहेर पनि मातृभूमिको संकटमा अग्रसरता देखाउँदै समाजले यो मानवीय अभियान सफल पारेको हो । संस्कृति र सामाजिक उत्तरदायित्वलाई सँगै जोड्ने यस अभियानमा साथ दिने सम्पूर्ण सहयोगी, शुभेच्छुक तथा कार्यक्रमका सहभागीहरूप्रति गुल्मेली समाज जापानले आभार समेत व्यक्त गरेको छ ।