२०८२, श्रावण १३ गते

Jul 29 2025 | २०८२, श्रावण १३ गते

भीम अस्पतालको आकस्मिक भवनमा लिफ्ट जडान

शुक्रवार , जेठ ७, २०७८

भैरहवा, ७ जेठ । 
लीलाराम कुन्ती देवी न्यौपाने फाउण्डेसनद्वारा भैरहवास्थित भीम अस्पतालमा नवनिर्मित अत्याधुनिक आकस्मिक भवन (इमरजेन्सी ब्लक)को माथिल्लो तलामा बिरामी लैजाने ल्याउने गर्न मिल्ने गरी करिब १२ तलासम्मको क्षमताको लिफ्ट जडान कार्य सम्पन्न भएको छ । 

प्रतिष्ठानको सहयोगमा निर्मित लिलाराम न्यौपाने आकस्मिक भवनको २०७७ चैतको अन्तिम सातादेखि सेवा सुरु भए पनि भवनमध्येको बाँकी लिफ्टसहित १५ वटा बेड सोमबारदेखि संचालनमा आएको हो । 

निर्माणसम्पन्न भएपश्चात फाउण्डेशनका तर्फबाट प्रतिनिधि धिरज गौतम र इञ्जिनियर विष्णु अर्यालले भीम अस्पतालका इमरजेन्सी इञ्चार्ज सविता शर्मा, गोपाल उपाध्याय र रिमा सिंहलाई हस्तान्तरण गरेका छन् ।188361263_2631593396987392_2135743274556515633_n.jpg

अस्पतालका प्रतिनिधि जनकराज पन्तले विषम परिस्थितिमा पनि निरन्तर खटेर काम पुरा गर्ने लिफ्ट मेकानिक्स र लिफ्टको बाहिरी भागको सम्पूर्ण कार्य पुरा गर्ने हातहरूप्रति धन्यवाद व्यक्त गरेका छन् । उनले निरन्तर टेलिफोनबाट मार्गदर्शन गर्ने फाउण्डेशनका सचिव विष्णु न्यौपाने र लीलाराम कुन्तीदेवि फाउन्डेसन परिवारप्रति समेत आभार प्रकट गरेका छन् ।