२०८३, भाद्र २६ गते

Sep 11 2026 | २०८३, भाद्र २६ गते

मारवाडी युवा मञ्च भैरहवाद्वारा वृक्षारोपण कार्यक्रम

शुक्रवार , भाद्र २६, २०८३

  • 175
    Shares
  • 175
    Shares
  • भैरहवा, २६ भदौ । मारवाडी युवा मञ्च, भैरहवाले शुक्रबार वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । नेपाल राष्ट्रिय मारवाडी युवा संगठनको अभियान अन्तर्गत कार्यक्रमको आयोजना गरिएको मञ्चका महासचिव मोहित सेठियाले बताउनुभयो । 

    रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–३ स्थित श्री खजहना आधारभूत विद्यालय प्रांगणमा आयोजित कार्यक्रममा विभिन्न प्रजातिका ३० वटा विरुवा रोपिएको उहाँले जानकारी दिनुभयो ।

    कार्यक्रममा मारवाडी युवा मञ्च, भैरहवाका अध्यक्ष रोहित अग्रवाल, नेपाल राष्ट्रिय मारवाडी युवा संगठनका अध्यक्ष मनोज अग्रवाल, मारवाडी युवा मञ्चका महासचिव मोहित सेठियाज्यू, सल्लाहकार मनोज सिंघल, सदस्यहरू विकास चौधरी, गोपाल मोहता, अभिषेक अग्रवाललगायतको उपस्थिति रहेको थियो ।

    ‘आजको विरुवा भोलिको हरियाली, प्रकृतिको संरक्षण हाम्रो साझा जिम्मेवारी’ भन्ने नाराका साथ कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएका छन् ।