२०८३, कार्तिक ९ गते

Oct 26 2026 | २०८३, कार्तिक ९ गते

रुपन्देहीमा विद्यालयका बस चेकजाँच तथा ट्राफिक सचेतना

सोमवार , कार्तिक ९, २०८३

  • 175
    Shares
  • 175
    Shares
  • भैरहवा, ९ कार्तिक । जिल्ला ट्राफिक प्रहरी कार्यालय, रुपन्देहीले विद्यालयका बस जाँच गर्नुका साथै चालक र सह–चालकलाई ट्राफिक सचेतनासम्बन्धी प्रशिक्षण प्रदान गरेको छ ।

    जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देही तथा मातहतका प्रहरी पोष्टबाट खटिएका ट्राफिक प्रहरीले सोमबार जिल्लाका विभिन्न स्थानमा रहेका सामूदायिक तथा संस्थागत विद्यालय र कलेजका बस चालक तथा सह–चालकलाई सवारी दुर्घटना न्यूनीकरण र ट्राफिक नियम पालनासम्बन्धी आवश्यक प्रशिक्षण प्रदान गरेका हुन् ।

    कार्यक्रममार्फत विद्यालय बसको सुरक्षित सञ्चालन तथा सवारी दुर्घटना न्यूनीकरणका लागि चालक र सह–चालकलाई सचेत गराइएको छ ।