मंगलवार , भाद्र १६, २०८३
बुटवल, १६ भदौ । भोटेकोशीमा भदौ १० गते गएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत तथा उद्धारका लागि न्यू होराइजन इङ्गलिस बोर्डिङ्ग सेकेण्डरी स्कूल, बुटवल ले ९ लाख १८ हजार ६ सय ६० आर्थिक सहयोग गरेको छ ।
विद्यालयकोतर्फबाट ५ लाख ५५ हजार ५सय ५५, विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूबाट २ लाख ५२ हजार र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र प्रसाद कसजूबाट १ लाख ११ हजार १ सय ५ गरी कुल ९ लाख १८ हजार ६ सय ६० रुपैयाँ मंगलबार प्रधानमन्त्री राहत तथा उद्धार कोषमा जम्मा गरिएको हो ।
विद्यालयका प्राचार्य वासुदेव अर्यालले विपद्को समयमा पीडितको दुःखमा साथ दिनु सबैको सामाजिक दायित्व भएको बताउनुभयो । उहाँले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत न्यू होराइजन परिवारले राहत रकम सहयोग गरेको बताउनुभयो ।
विद्यालयले बाढीका कारण ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । २०४६ सालमा न्यू होराइजन स्थापना भएको हो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij