२०८३, आश्विन ३० गते

Oct 16 2026 | २०८३, आश्विन ३० गते

भोटेकोशी बाढीपीडितका लागि समाजसेवी गोपाल रानाद्वारा पाँचलाख सहयोग

मंगलवार , भाद्र १६, २०८३

  • 1.2K
    Shares
  • 1.2K
    Shares
  •  

    भैरहवा, १६ भदौ । रुपन्देहीका युवा व्यवसायी तथा समाजसेवी गोपाल रानाले बाढी प्रभावितको राहतका लागि आर्थिक सहयोग प्रदान गर्नुभएको छ । रसुवाको भोटेकोशीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको सहयोगका लागि उहाँले ५ लाख ३ हजार रुपैयाँ प्रदान गर्नुभएको हो ।

    ड्रिम इन्टरनेश्नल होटल प्रालिकोतर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष सहयोग रकम जम्मा गरिएको समाजसेवी रानाले बताउनुभयो । रुपन्देहीमा लामो समयदेखि पर्यटन व्यवसायमा रहँदै आएका रानाले शैक्षिक क्षेत्रको विकासका लागि विभिन्न सामुदायिक विद्यालयहरुमा अक्षकोष स्थापना गर्नुका साथै, अपाङ्गता भएका, अभिभावकबिहिन बालबालिका तथा सहयोगापेक्षि मानवहरुका लागि सहयोग प्रदान गर्दै आउनुभएको छ ।

    गत वर्ष भाद्र २३/२४ को जेनजी आन्दोलनमा रानाले बुटवलमा सञ्चालन गर्दै आएको ड्रिम इन्टरनेश्नल होटल र तिलोत्तमाको मणिग्रामस्थित ड्रिमल्याण्ड गोल्ड रिसोर्टमा आगजनी गरि पूर्ण क्षति भएको थियो ।