मंगलवार , भाद्र १६, २०८३
भैरहवा, १६ भदौ । मदिरा व्यवसायी संघ भैरहवा, रुपन्देहीले बाढीप्रभावितको राहतका लागि आर्थिक सहयोग गरेको छ। रसुवाको भोटेकोशीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको सहयोगका लागि मंगलबार १ लाख ५१ हजार रुपैयाँ प्रदान गरिएको संघका अध्यक्ष यादव पोख्रेलले बताउनुभयो ।
अध्यक्ष पोख्रेलका अनुसार नेपाल मदिरा व्यवसायी महासंघमा पठाइएको उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिनेछ । मदिरा व्यवसायी संघ भैरहवाले व्यवसायीको हकहितसँगै सामाजिक कार्यहरु गर्दै आएको उहाँले बताउनुभयो ।
मदिरा व्यवसायी संघ भैरहवाका पदाधिकारी, कार्यसमिति सदस्य, सल्लाहकार, व्यवसायी लगायतबाट संकलित रकम बाढीप्रभावितको सहयोगका लागि प्रदान गरिएको संघका निवर्तमान अध्यक्ष बाबुराम पाण्डेयले बताउनुभयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij