२०८३, भाद्र २३ गते

Sep 08 2026 | २०८३, भाद्र २३ गते

बाढीप्रभावितको राहतका लागि गौतमबुद्ध मुटु अस्पतालको ११ लाख बढी सहयोग

मंगलवार , भाद्र १६, २०८३

  • 748
    Shares
  • 748
    Shares
  • बुटवल, १६ भदौ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनस्र्थापनाका लागि गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले ११ लाख भन्दा बढी आर्थिक सहयोग गरेको छ ।

    रुपन्देहीको बुटवलस्थित अस्पतालले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा अस्पतालकोतर्फबाट र कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी लगायतका कर्मचारीहरूकोतर्फबाट गरी ११ लाख ११ हजार १ सय ११ रुपैयाँ आर्थिक सहयोग गरेको हो ।

    अस्पताल सञ्चालक समितिको मंगलवार बसेको बैठकबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवन लगायतका जिल्लाहरूमा बाढीका कारण ठूलो मानवीय तथा भौतिक क्षति भइरहेको अवस्थामा राहत तथा पुनस्र्थापना कार्यमा सहयोग पुर्याउने गरी उक्त रकम सहयोग गर्ने निर्णय गरिएको अस्पतालका अध्यक्ष एजाज आलमले जानकारी दिनुभयो । 

    अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी लगायतका कर्मचारीहरूको एक दिनको तलब बराबरको ४ लाख ४८ हजार १ सय २५ रुपैयाँ र बाँकी ६ लाख ६२ हजार ९ सय ८३ रुपैयाँ अस्पतालबाट गरी ११ लाख ११ हजार १ सय ११ रुपैयाँ आर्थिक सहयोग गरिएको अध्यक्ष आलमले बताउनुभयो ।