मंगलवार , भाद्र १६, २०८३
भैरहवा, १६ भदौ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ स्थित शिव पार्वती आध्यात्मिक मन्दिर परिसरमा नवनिर्मित राधाकृष्ण मन्दिरमा श्रीकृष्ण जन्माष्टीको अवसरमा विशेष कार्यक्रम हुने भएको छ ।
मन्दिरका अध्यक्ष दिनेश यादवका अनुसार यो मन्दिर एक सय वर्ष पुरानो हो । परिसरभित्र राधाकृष्ण मन्दिर निर्माण गरिएको छ । मन्दिरको पूर्वाधार सिद्धार्थनगर नगरपालिका ४ नम्बर वडा कार्यालयले निर्माण गरेको हो । अध्यक्ष यादवले १५ गते सोमबार कलश यात्रा निकालिएको जानकारी दिनुभयो । उहाँका अनुसार मन्दिरमा पाँच दिनसम्म पूजा चल्नेछ ।
त्यस्तै भदौ १९ गते कृष्णजन्माष्टीका दिन कृष्ण मूर्तिको प्राणप्रतिष्ठा गरिनेछ । मूर्ति खरिदका लागि वडाबासीले सहयोग गर्नुभएको उहाँले बताउनुभयो । कृष्णजन्माष्टीको अवसरमा भदौ २० गते शनिबार दोगहरास्थित धर्मशालामा रात्री जागरण कार्यक्रम आयोजना गरिनेछ ।
सिद्धार्थनगर नगरपालिका–४ का वडाअध्यक्ष मुक्तिनाथ यादव (भोला) का अनुसार वडाबासी (विशेष गरी दोगहराबासी) ले वडामा राधाकृष्ण मन्दिरको माग गरेपछि मन्दिर निर्माणका लागि वडा कार्यालय र सिद्धार्थनगर नगरपालिकाबाट २५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो । १९ गते १९ गते मूर्तिको प्राणप्रतिष्ठा र २० गते रात्री जागरण कार्यक्रम हुने उहाँले जानकारी दिनुभयो । ‘वडाबासीको मागलाई प्राथमिकतामा राखेर मन्दिर निर्माण गरेका छौं, ’उहाँले भन्नुभयो ।
मन्दिरमा पाँच दिनसम्म पूजाआजा चल्ने र स्थानीयबासीको सक्रिय सहभागिता रहने अपेक्षा गरिएको मुक्तिधाम घाट व्यवस्थापन केन्द्रका अध्यक्ष परशुराम यादवले बताउनुभयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij