२०८३, भाद्र १६ गते

Sep 01 2026 | २०८३, भाद्र १६ गते

मन्जुश्री फाइनान्स र सनसाइन डेन्टलबीच छुट सम्झौता

मंगलवार , भाद्र १६, २०८३

  • 256
    Shares
  • 256
    Shares
  • भैरहवा, १६ भदौ । मन्जुश्री फाइनान्स लिमिटेडका ग्राहक र यहाँ कार्यरत कर्मचारीलाई रुपन्देहीको भैरहवास्थित सनसाइन डेन्टल क्लीनिकमा उपचार गर्दा छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ ।

    सम्झौताअनुसार मन्जुश्री फाइनान्सका ग्राहक र कर्मचारीले सनसाइन डेन्टल क्लीनिकबाट प्रदान हुने सम्पूर्ण सेवामा १५ प्रतिशत छुट पाउनेछन् ।

    सोमबार सम्झौतापत्रमा मन्जुश्री फाइनान्सको भैरहवा शाखा प्रबन्धक अनिश गौतम र  सनसाइन डेन्टलकोतर्फबाट डा. सागर कुमार झाले हस्ताक्षर गर्नुभएको छ ।