२०८३, भाद्र १५ गते

Aug 31 2026 | २०८३, भाद्र १५ गते

लायन्स सिद्धार्थनगर गौतम बुद्धले मनायो आठौं स्थापना दिवस

सोमवार , भाद्र १५, २०८३

  • 343
    Shares
  • 343
    Shares
  • भैरहवा, १५ भदौ । लायन्स क्लब अफ सिद्धार्थनगर गौतम बुद्धले आफ्नो आठौं स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसरमा क्लबले ज्येष्ठ नागरिक, युवा र यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायसँग भेटघाट तथा अन्तरक्रिया गरेको छ । 

    आर्थिक रुपमा समस्यामा रहेका व्यक्तिहरूलाई आवश्यक सहयोगसमेत हस्तान्तरण गरिएको क्लबका अध्यक्ष सुरज भट्टराईले बताउनुभयो । कार्यक्रमले विभिन्न पुस्ता तथा समुदायबीच आपसी सद्भाव, सहकार्य र सामाजिक उत्तरदायित्व अभिवृद्धि गर्न योगदान पुर्याएको अध्यक्ष भट्टराईले विश्वास व्यक्त गर्नुभयो ।

    रुपन्देहीको ओमसतिया गाउँपालिका–४ बालापुरस्थित श्री सत्य साई वृद्ध सेवा आश्रममा आयोजित कार्यक्रमको संयोजन मनमित सिंह गान्धीले गर्नुभएको थियो । क्लबले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण अतिथि तथा सहयोगीप्रति आभार व्यक्त गरेको छ ।