२०८३, भाद्र १२ गते

Aug 28 2026 | २०८३, भाद्र १२ गते

पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.द्वारा भोटेकोशी बाढीले पुर्‍याएको क्षतिप्रति दुःख व्यक्त

शुक्रवार , भाद्र १२, २०८३

  • 286
    Shares
  • 286
    Shares
  • बुटवल, १२ भदौ । पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.बुटवलले तिब्बततर्फबाट भोटेकोशी र त्रिशुलीमा आएको बितण्डकारी बाढीले पुर्याएको धनजनको अकल्पनीय क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ । प्रा.लि.ले प्रेस विज्ञप्ती जारी गर्दै विनाशकारी बाढीका कारण रसुवा जिल्लाको टिमुरे, स्याफ्रुबेशी, नुवाकोट, त्रिशुली बजार, धादिङ, गोरखा, चितवन लगायतका नदी तटीय क्षेत्रमा भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको हो ।  

    अध्यक्ष दधिराम खरेलद्वारा जारी विज्ञप्तीमा उक्त अकल्पनीय घटनामा परी निधन भएका नागरिकप्रति भावपुर्ण श्रद्धाञ्जली व्यक्त गर्नुका साथै घाइते तथा प्रभावित सम्पूर्ण नागरिकहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ । ‘यसप्रकारको  प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउनुभएका सम्पूर्ण नागरिकहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौ’विज्ञप्तीमा उल्लेख गरिएको छ । 

    साथै यस प्राकृतिक विपत्तीको कठिन घडीमा सबैलाई संयमित रहन, जोखिमयुक्त क्षेत्रमा अनावश्यक आवतजावत नगर्न तथा सम्बन्धित सुरक्षा निकायको निर्देशन पालना गर्न समेत प्रा.लि.ले अपील समेत गरेको छ । विज्ञप्तीमा भनिएको छ–‘बाढीका कारण यातायात व्यवसायी, चालक, सह–चालक, मजदूर तथा यात्रुहरू समेत प्रभावित भएको घटनाले हामीलाई अत्यन्त दुःखी बनाएको छ । यस्तो विषम परिस्थितिमा उद्धार, खोजी, राहत तथा उपचार कार्यलाई थप प्रभावकारी बनाउन नेपाल सरकार, सुरक्षा निकाय, स्थानीय तह, यातायात व्यवसायी तथा सम्बन्धित सबै पक्षबीच प्रभावकारी समन्वय गरी आवश्यक सहयोग गर्न सम्बन्धित निकायलाई आग्रह गर्दछौं ।’

    विज्ञप्तीमा यसप्रकारको विपत्तिको समयमा प्रभावित सम्पूर्ण नागरिक, यात्रु महानुभावहरु, यातायात व्यवसायी तथा मजदूरहरूको साथमा रहेको पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.ले स्पष्ट पारेको छ । साथै उद्धार तथा आवश्यक राहत कार्यमा सहयोग र समन्वयका लागि यस प्रा.लि.आफ्नोतर्फबाट समेत सक्दो सहयोग गर्न प्रतिबद्ध रहेको जानकारी गराएको छ । 

    ec82b869-ea4b-4166-aee1-4d7e481499e6.jpg