२०८३, भाद्र ११ गते

Aug 27 2026 | २०८३, भाद्र ११ गते

दर खाने रकम बाढी पीडितलाई दिइने

बिहिवार , भाद्र ११, २०८३

  • 232
    Shares
  • 232
    Shares
  • भैरहवा, ११ भदौ । क्रिमसन कलेज अफ टेक्नोलोजी प्रा.लि.तथा क्रिमसन अस्पतालले यस वर्षको दरखाने कार्यक्रममा खर्च हुने रकम प्राकृतिक प्रकोप उद्धार तथा राहत कोषमा जम्मा गर्ने निर्णय गरेको छ । 

    रसुवागढी हुँदै आएको बाढीले रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा अकल्पनीय जनधनको क्षति भएको छ । भदौ १० गतेको उक्त बाढीमा परी २ सय जना भन्दा बढीले ज्यान गुमाएका छन् । बाढीमा हराउनेको संख्या अझै एकिन भएको छैन । बाढी र त्यसबाट भएको धनजनको क्षतिको संकलन भइरहेको छ । 

    सरकारले राहत तथा पुनस्र्थापनाको काम एकद्धार प्रणालीबाट गर्ने तयारी गरिरहेको छ । सोही राहत कोषमा दर खाने कार्यक्रममा हुने खर्च रकममा थप गरी सहयोगवापतको रकम जम्मा गरिने क्रिमसन अस्पतालका अध्यक्ष दुर्गा प्रसाद पाण्डेयले जानकारी दिनुभयो ।

    dddkkk.jpg

    क्रिमसन अस्पतालमा झण्डै चार सय चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारी कार्यरत छन् । अस्पतालले सरकारी राहत कोषमा रकम जम्मा गर्न चाहनेहरुलका लागि सरकारकै क्युआर कोड राखेर उपचारार्थ आउने बिरामी तथा आफन्तहरुलाई स्वेच्छिक रुपमा आर्थिक सहयोग गर्न सक्ने व्यवस्था मिलाएको छ ।