बिहिवार , भाद्र ११, २०८३
भैरहवा, ११ भदौ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले भोटेकोसी बाढीपीडितका लागि ४० लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ।
नगरपालिकाको तर्फबाट रु. २५ लाख तथा जनप्रतिनिधि र कर्मचारीको तीन दिन बराबरको सेवा–सुविधाबाट रु. १५ लाख गरी कुल रु. ४० लाख सहयोग गर्ने निर्णय गरिएको हो ।
बाढीपीडितको राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले नगरपालिकाले उक्त सहयोग गर्ने निर्णय गरेको जनाएको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij