२०८२, मंसिर ८ गते

Nov 24 2025 | २०८२, मंसिर ८ गते

रुपन्देहीमा पत्रकार हिक्मत चौधरीसहित ७ जना संक्रमितको मृत्यु 

बुधवार , जेठ ५, २०७८

  • 3.9K
    Shares
  • 3.9K
    Shares
  • बुटवल, ५ जेष्ठ। रुपन्देहीमा गतराती एक पत्रकारसहित ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। बुटवलस्थित धागो कारखाना कोरोना बिशेष अस्पतालमा उपचाररत ६० बर्षिय पत्रकार हिक्मत चौधरीसहित गतराती ४ जना संक्रमितको निधन भएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ।

    साथै भैरहवास्थित भिम अस्पतालमा पनि गयराती नै ३ जना संक्रमितको मृत्यु भएको बताइएको छ। अस्पतालका अनुसार बैशाख २५ देखि कोरोना विशेष अस्पतालमा उपचाररत तिलोत्तमा ५ मा स्थायी घर भएका पत्रकार हिक्मत चौधरीको पनि बिहान ३ बजेर १५ मिनेटमा मृत्यु भएको हो। पत्रकार चौधरीको निधनबारे चौधरीको परिवारले पनि पुष्टि गरेका छन्।

    तिलोत्तमा नपा ५ मणिग्राम निवासी ६० बर्षिय पत्रकार चौधरी बिगत २ दशक अघिदेखि अघिल्लो कोरोना कहरसम्म रेडियो लुम्बिनीमा कार्यरत थिए। चौधरीका श्रीमती ४ छोरी र २ छोरा छन् । पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलल पत्रकार चौधरीको निधनले पत्रकार महासंघ रुपन्देही स्तब्ध भएको भन्दै रुपन्देहीको पत्रकारिता क्षेत्रले एउटा ईमान्दार र परिश्रमी पत्रकार गुमाएकोे बताए। 

    लुम्बिनी प्रादेशिक अस्पताल र कोरोना बिशेष अस्पतालमा मृत्यु हुनेहरुमा तिनाउ ६ पाल्पाकी ६० वर्षिया महिलाको मंगरबार साँझ ४ बजेर २० मिनेटमा, बैशाख २८ गते कोरोना विशेषमा भर्ना भएका बुटवल १३ का ५२ वर्षिय पुरुषको मंगरबार साँझ ७ बजेर १० मिनेटमा, बैशाख २८ देखि कोरोना विशेषमा उपचाररत बुटवल ७ का ६० वर्षिय पुरुषको आज बिहान ७ बजेर ३० मिनेटमा निधन भएको हो। 

    भैरहवास्थित भिम अस्पतालमा जेठ ३ गते भर्ना भएका ओमसतिया रुपन्देहीका ५७ वर्षिय पुरुषको राती १२ बजेर ४० मिनेटमा, बैशाख २५ गते भर्ना भएका परासी ६ का ४६ वर्षिय पुरुषको बिहान ५ बजे र जेठ २ गते भर्ना भएका लुम्बिनी साँस्कृतिक नगरका ४५ वर्षिय पुरुषको मध्यराती १ बजे मृत्यु भएको अस्पतालले जनाएको छ।