२०८३, भाद्र २३ गते

Sep 08 2026 | २०८३, भाद्र २३ गते

‘रसुवा घटनाले विपद् न्यूनीकरणका उपायलाई अझ प्रभावकारी बनाउनुपर्ने सन्देश दिएको छ’

बिहिवार , भाद्र ११, २०८३

  • 1.2K
    Shares
  • 1.2K
    Shares
  • भैरहवा, ११ भदौ । रुपन्देही क्रिकेट संघले बुधबार (हिजो) रसुवामा भएको बाढीको घटनाले अत्यन्तै दुःखद घटनाको खबरले स्तब्ध, मर्माहत र अत्यन्त दुःखी बनाएको जनाएको छ । संघले यो दुःखद घटनामा जीवन गुमाउनुहुने सम्पूर्णप्रति श्रद्धाञ्जली अर्पण गरेको छ ।

    संघका अध्यक्ष हरि बहादुर थापा र सचिव उदय कुमार मल्लिकले बिहीबार शोक विज्ञप्ती जारी गर्दै शोकको यस घडीमा शोकसन्तप्त परिवार र आफन्तप्रति समवेदना व्यक्त गर्नुभएको छ । ‘घटनापछि बेपत्ता रहनुभएका सम्पूर्ण व्यक्तिहरूको सकुशल उद्वार भइ शिघ्र आफ्ना परिवार तथा आफन्तजनमाझ फर्कन सकून् भन्ने हार्दिक कामना गर्दछौं । घाइते तथा प्रभावित सम्पूर्णको शीघ्र स्वास्थ्यलाभको समेत कामना गर्दछौं, ’विज्ञप्तीमा भनिएको छ ।

    घटनाले सुरक्षा, पूर्वतयारी, जोखिम पहिचान तथा विपद् न्यूनीकरणका उपायहरूलाई अझ प्रभावकारी बनाउनुपर्ने गम्भीर सन्देश दिएको संघको भनाइ छ । अतः घटनाको निष्पक्ष छानबीन गरी वास्तविक कारण पहिचान गर्न तथा आगामी दिनमा यस्ता दुःखद घटना दोहोरिन नदिन आवश्यक सुरक्षा तथा सावधानीका उपायहरू तत्काल प्रभावकारी रूपमा अवलम्बन गर्न सम्बन्धित निकायसमक्ष संघले आग्रहसमेत गरेको छ ।

    ‘दुःख र विपत्तिको यस अत्यन्त पीडादायी घडीमा सम्पूर्ण पीडित परिवारको दुःखमा साथ दिँदै रुपन्देही क्रिकेट संघ परिवार गहिरो ऐक्यबद्धता प्रकट गर्दछ, ’विज्ञप्तीमा उल्लेख छ ।