२०८३, भाद्र ११ गते

Aug 27 2026 | २०८३, भाद्र ११ गते

सियारीमा फ्रिडम किट ब्याग तथा पुनः प्रयोग गर्न मिल्ने प्याड वितरण

बिहिवार , भाद्र ११, २०८३

  • 310
    Shares
  • 310
    Shares
  • रुपन्देही, ११ भदौ । सिर्जनशील संस्था नेपालको आयोजना तथा फ्रिडम केटव्याकको सहयोगमा सियारी गाउँपालिकाका विभिन्न स्थानमा फ्रिडम किट ब्याग तथा धोएर पुनः प्रयोग गर्न मिल्ने प्याड वितरण गरिएको छ।

    सियारी गाउँपालिका वडा नम्बर ४ छपिया र वडा नम्बर २ मुर्दहवा क्षेत्रमा आयोजित कार्यक्रममा महिलाहरूलाई फ्रिडम किट ब्याग तथा पुनः प्रयोग गर्न मिल्ने प्याड वितरण गरिएको हो ।

    वडा नम्बर ४ का वडाअध्यक्ष श्रीराम यादवको अध्यक्षता तथा गाउँपालिकाको उपाध्यक्ष तारा थारू चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा वडा सदस्यहरू दूठे थारू, संगीता पासी र शिवप्रसाद यादवको आतिथ्यता रहेको थियो ।

    कार्यक्रममा महिलाहरूलाई कपडाको तथा पुनः प्रयोग गर्न मिल्ने प्याड प्रयोग गर्दा हुने फाइदा, रासायनिक पदार्थयुक्त प्याडको प्रयोगबाट स्वास्थ्यमा पर्न सक्ने असर तथा सुरक्षित महिनावारी व्यवस्थापनका विषयमा जानकारी गराइएको थियो ।

    त्यसै गरी सिर्जनशील संस्था नेपालले वितरण गरेको पुनः प्रयोग गर्न मिल्ने प्याडको बनावट, प्रयोग गर्ने तरिका, सरसफाई तथा स्वास्थ्यमा पार्ने सकारात्मक प्रभावका बारेमा सहभागीहरूलाई जानकारी दिइएको थियो । महिलाहरूलाई स्वास्थ्यका दृष्टिले सुरक्षित तथा रासायनिक पदार्थको प्रयोग नभएका वा कम भएका प्याड प्रयोग गर्न सुझावसमेत दिइएको थियो ।

    कार्यक्रममा सिर्जनशील संस्था नेपालका सदस्य विनोद बिसी, कार्यक्रम प्रबन्धक सबिना पोखरेल तथा घटना व्यवस्थापक चित्रकला रोकाले सहजीकरण गर्नुभएको थियो ।

    eee.jpg

    महिनावारी स्वास्थ्य तथा स्वच्छतासम्बन्धी सचेतना अभिवृद्धि गर्ने, महिलाहरूलाई सुरक्षित महिनावारी व्यवस्थापनका लागि प्रोत्साहित गर्ने तथा पुनः प्रयोग गर्न मिल्ने प्याडको प्रयोगलाई बढावा दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।

    पुनः प्रयोग गर्न मिल्ने प्याडको प्रयोगले महिलाहरूलाई महिनावारी व्यवस्थापनमा सहजता प्रदान गर्नुका साथै खर्च घटाउन र महिनावारीका कारण उत्पन्न हुने फोहोर न्यूनीकरणमा समेत सहयोग पुग्ने विश्वास गरिएको छ ।