२०८३, आश्विन २१ गते

Oct 07 2026 | २०८३, आश्विन २१ गते

प्रथम ज्ञानपुन्ज सेभेन ए साईड फुटबल : छैठौं दिन सात खेल सम्पन्न

शनिवार , भाद्र ६, २०८३

  • 1.8K
    Shares
  • 1.8K
    Shares
  • बुटवल, ६ भदौ । रुपन्देहीको बुटवलमा जारी प्रथम ज्ञानपुन्ज जिल्लास्तरीय अन्तरविद्यालय सेभेन ए साईड फुटबल प्रतियोगिता–२०८३ को छैठौं दिन शनिबार सात खेलहरु सम्पन्न भएका छन् । सिद्धार्थ केबलकार लिमिटेड शिर्ष प्रायोजन तथा सिद्धिविनायक स्न्याक्स एण्ड नुडल्स प्रा.लि. तथा ऊर्जा इन्टरप्राइजेज प्रा.लि मुख्य प्रायोजक तथा ज्ञानपुन्ज इङ्लिस सेकेण्डरी स्कुल बुटवलको आयोजनामा देवीनगरस्थित एन्फा टेक्निकल खेलमैदानमा विभिन्न विद्यालयबीच प्रतिष्पर्धा भएको हो । 

    शनिबारको पहिलो खेलमा सेन्ट जोसेफ इङ्लिस बोर्डिङ स्कूलले न्यू लुम्बिनी इङ्लिस बोर्डिङ स्कूललाई २–१ गोल अन्तरले पराजित गरेको हो । सेन्ट जोसेफको जीतमा प्रिन्स रमाईलीले दुई गोल गरे । खेलमा न्यू लुम्बिनीका सन्दिप घर्तीले सान्त्वना गोल गरे । खेलमा प्रिन्स प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए ।

    त्यसै गरी सैनामैना पर्रोहा परमेश्वर माविले अक्सफोर्ड सेकेण्डरी स्कूललाई ३–० गोल अन्तरले पराजित गरेको छ । सैनामैनाको जीतमा नबिन वि.क.ले ह्याट्रिक गरे । उनी खेलमा प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए ।

    त्यसै गरी अर्को खेलमा श्री जनज्योती माबिले ग्यालेक्सी इङ्लिस बोर्डिङ स्कूललाई ३–० गोल अन्तरले पराजित गरेको छ । जनज्योतीको जीतमा अल्विस गुरुङले २ तथा विपिन थापाले १ गोल गरे । खेलमा विपिन प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए ।

    शनिबार नै भएको अर्को खेलमा कोलिया इङ्लिस बोर्डिङ स्कुलले एभरग्रीन इङ्लिस बोर्डिङ स्कूललाई ट्राईबेकरमा ३–२ गोल अन्तरले पराजित गरेको छ । निर्धारित समयमा १–१ गोलको बराबरी भएपछि खेल ट्राईबेकरमा धकेलिएको थियो । खेलमा प्रशान्त पुन प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए ।

    त्यसै गरी अर्को खेलमा नबिन औद्योगिक मावि (बि)ले सिद्धार्थ इङ्लिस बोर्डिङ स्कूललाई ७–० गोलको विशाल अन्तरले पराजित गरेको छ । नविनको जीतमा श्याम परियारले ४, सुनिल दमाईले २ तथा प्रमिस मगरले १ गोल गरे । खेलमा श्याम परियार प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए ।

    त्यसै गरी अर्को खेलमा स्कुलर्स होम इङ्लिस बोर्डिङ स्कुलले नवप्रभात इङ्लिस बोर्डिङ स्कूललाई १–० गोल अन्तरले पराजित गर्दै अर्को चरणमा स्थान बनाएका छन । स्कलर्सको जितमा झग बहादुर थापाले एकमात्र गोल गरे । खेलमा झग बहादुर थापा प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए ।

    शनिबार नै भएको अन्तिम खेलमा ईडन इङ्लिस बोर्डिङ स्कूलले सिद्धार्थ मोर्डन स्कुललाई ३–० गोल अन्तरले पराजित गर्दै अर्को चरणमा स्थान बनाएको छ । ईडनको जितमा समृद्ध थापाले ह्याट्रिक गरे । उनी खेलमा प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए ।

    प्रतियोगितामा विजेता हुने समूहले नगद ५१ हजार ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन भने उपविजेताले नगद ३१ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । बुटवलको देवीनगरस्थत एन्फा रंगशालामा खेल भइरहेको छ । दोस्रो चरणका खेल दिउँसो १ देखि ६ बजेसम्म समय तय गरिएको छ ।