२०८३, भाद्र ६ गते

Aug 22 2026 | २०८३, भाद्र ६ गते

भैरहवामा गुरुदक्षिणा उत्सव सम्पन्न

शनिवार , भाद्र ६, २०८३

  • 358
    Shares
  • 358
    Shares
  • भैरहवा, ६ भदौ । हिन्दू स्वयंसेवक संघ नेपालको आयोजनामा शुक्रबार रुपन्देहीको भैरहवामा गुरुदक्षिणा उत्सव सम्पन्न भएको छ । हिन्दू धर्म, संस्कृति र संस्कारको संरक्षण, संवद्र्धन तथा समाजमा एकता, सद्भाव र सेवा भाव विकासका लागि कार्यक्रमको आयोजना गरिएको संघले जनाएको छ ।

    कार्यक्रममा प्रमुख वक्ता हिन्दू स्वयंसेवक संघ नेपालका राष्ट्रिय संघचालक तथा नेपाल प्रहरीका पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) कल्याण तिम्सिनाले गुरुदक्षिणा उत्सव समर्पणको भावले ओतप्रोत भइ गर्ने कार्यक्रम भएको बताउनुभयो । उहाँले हिन्दू धर्म-संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो । 

    ‘हिन्दू समाज बलियो भएन भने हामी बलियो हुन सक्दैनौ । समाजलाई बलियो र संगठित बनाउनु नै अहिलेको आवश्यकता हो । उहाँले भन्नुभयो–‘धर्मको रक्षा गर्नु हामी सबैको कर्तव्य हो । हामीले धर्मको रक्षा गरे धर्मले हाम्रो रक्षा गर्छ ।’

    त्यस्तै हिन्दू स्वयंसेवक संघ नेपाल रुपन्देही जिल्ला संघचालक गोकुल पोखरेलले धर्म–संस्कृतिको संरक्षण गर्नका लागि संघले विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको बताउनुभयो । 

    WhatsApp Image 2026-08-22 at 2.51.41 PM.jpeg

    समाजसेवी श्रवण पाण्डेयको अध्यक्षता तथा दुर्गा प्रसाद कान्दुको सञ्चालनमा सम्पन्न कार्यक्रममा रविकान्त उपाध्याय लगायतले बोल्नुभएको थियो ।