शनिवार , भाद्र ६, २०८३
बुटवल, ६ भदौ । जापानमा रहेर पनि नेपाली लोक तथा तीज संगीतलाई निरन्तर माया र योगदान दिदै आउनुभएकी गायिका शान्ता जिसीले नयाँ तीज गीत नजिकै ‘पीर कल्लाई छैन र’ सार्वजनिक गर्नुभएको छ । नेपाली मौलिकता, संस्कृति र तीज पर्वको भावनालाई समेटिएको यस गीतले दर्शक तथा श्रोताको मन जित्नेमा निर्माण पक्ष आशावादी रहेको छ ।
गीतमा सुमधुर स्वरका धनी शान्ता जिसी र प्रेम सापकोटा सोनुको स्वर रहेको छ । गीतका शब्द, लय तथा संगीत पनि प्रेम सापकोटा सोनुले नै तयार गर्नुभएको छ । गीतको एरेञ्जमेन्ट याम थापा मगर, मिक्सिङ तथा मास्टरिङ विनोद परियारले गर्नुभएको छ ।
गीतको रेकर्डिङ जोन स्टुडियोमा गरिएको हो । गीतको भिडियो निर्देशन जेरी भण्डारीले गर्नुभएको छ । भिडियोमा सरोज प्रज्जा र रचना न्यौपानेको अभिनय छ । छायांकन दुर्गा पौडेल, सम्पादन तथा रंग संयोजन नवीन घर्ती मगरले गर्नुभएको छ । भिडियोको पोस्ट प्रोडक्सन एडभेन्चर इन्टरटेन्मेन्टले गरेको छ ।
जापानमा बसोबास गर्दै आए पनि नेपाली भाषा, संस्कृति र मौलिक लोक संगीतप्रतिको प्रेमलाई निरन्तरता दिँदै आउनुभएकी गायिका शान्ता जिसीले यस गीतमार्फत तीजको उल्लास र नेपालीपनलाई दर्शकसामु प्रस्तुत गरेकी छन्।शान्ता जिसी अफिसियलमार्फत सार्वजनिक गरिएको उक्त गीतले तीजको माहोलमा दर्शक तथा श्रोताबाट राम्रो माया र प्रतिक्रिया पाउने अपेक्षा गरिएको गायिका जिसीले बताउनुभयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij