२०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

लुम्बिनी प्रदेशमा अस्थायी संगठन संरचना र दरबन्दी स्वीकृत

बिहिवार , भाद्र ४, २०८३

  • 238
    Shares
  • 238
    Shares
  • दाङ, ४ भदौ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठक बिहीबार सम्पन्न भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको बैठकले अस्थायी संगठन संरचना र दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ ।

    मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पेश गरेको अस्थायी संगठन संरचना आर्थिक वर्ष २०८३/०८४ को प्रथम चौमासिकका लागि स्वीकृत गर्ने निर्णय भएको सरकारका प्रवक्ता तथा स्वास्थ्य मन्त्री रामजी प्रसाद घिमिरेले जानकारी दिनुभयो ।

    त्यस्तै बैठकले आर्थिक मामिला तथा योजना मन्त्रालयले पेश गरेको नयाँ तलबमान तथा प्रोत्साहन भत्ताको रकम कायम गर्ने निर्णय समेत गरेको छ ।