बिहिवार , भाद्र ४, २०८३
काठमाडौं, ४ भदौ । भारतको मध्य प्रदेश राज्यमा भएको भीषण सडक दुर्घटनामा आठ जनाको मृत्यु भएको छ भने २० जनाभन्दा बढी घाइते भएका छन् ।
मध्य प्रदेशको भिण्ड जिल्लास्थित ७१९ नम्बरको राष्ट्रिय राजमार्गमा एउटा यात्रुवाहक सवारीसाधन विपरित दिशाबाट आइरहेको ट्रकसँग ठोक्किँदा उक्त दुर्घटना भएको हो । स्थानीय प्रहरीकाअनुसार दुर्घटनामा घाइते भएकाहरूमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।
दुर्घटनाका पीडितहरू छिमेकी राज्य उत्तर प्रदेशको लखिमपुर खेरी जिल्लाका खेत मजदुरहरू हुन् । उनीहरू धान रोपेर आफ्नो घर फर्किरहेका थिए ।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार राजमार्गमा अचानक आएका छाडा पशु चौपायालाई बचाउन खोज्दा तिब्र गतिमा रहेको यात्रुवाहक सवारीसाधन अनियन्त्रित भई ट्रकसँग ठोक्किन पुगेको थियो । दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको स्थानीय प्रशासनले जनाएको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij