२०८२, मंसिर ८ गते

Nov 24 2025 | २०८२, मंसिर ८ गते

लुम्बिनी प्रदेश सरकारद्वारा कोभिड—१९ नियन्त्रण तथा उपचार कोषबाट रकम बितरण

मंगलवार , जेठ ४, २०७८

  • 2.7K
    Shares
  • 2.7K
    Shares
  • बुटवल, ४ बैशाख।

    लुम्बिनी प्रदेश सरकारले स्थापना गरेको कोभिड १९ नियन्त्रण तथा उपचार कोषबाट बिभिन्न अस्पताल तथा स्वास्थ्य कार्यालयहरुलाई रकम बितरण गरेको छ। हालै बसेको कोभिड—१९ नियन्त्रण तथा उपचार कोषको बैठकले प्रदेशका सबै अस्पताल र स्वास्थ्य कार्यालयहरुलाई अक्सिजन अभाव लगाएका समस्या समाधान गर्ने उद्देश्यले सो रकम बितरण गरिएको हो।

    लुम्बिनी प्रदेशका चारवटा कोभिड बिशेष अस्पताल र अन्य अस्पतालहरुमा अक्सिजनको ब्यबस्थापन, प्लान्ट स्थापना र उत्पादनमा समेत सहयोग पुराउने उद्देश्यले कोषबाट रकम बितरण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

    प्रदेशका सबै अस्पतालहरुमा अक्सिजनको ब्यबस्थापन र एचडियु बेड लगाएतका स्वास्थ्य सामाग्री तथा संरचना निर्माणका लागि रकम उपलब्ध गराइएको मन्त्रालयका सचिव डा। बिकास देवकोटाले बताएका छन्। कोषका सदस्य सचिव समेत रहेका डा।देवकोटाका अनुसार प्रदेशका अस्पतालहरुमा पहिलो समस्या अक्सिजनको ब्यबस्थापन हो, दोश्रो आईसियु र एचडियु बेड ब्यबस्थापन हो, बजेटको समस्या छैन उचित ब्यबस्थापन र परिचालनको आवश्यक्ता छ।

    डा. देवकोटाले भने-आवश्यक परे थप रकम पनि उपलब्ध गराईने छ। यसका लागि संघिय सरकार र स्थानिय तहहरुसँग समन्वय गर्ने काम पनि भैरहेको छ। प्रदेशका ४ वटा कोभिड बिशेष अस्पतालहरुलाई २५ देखि ५० लाखसम्म, जिल्ला अस्पतालहरुलाई १० देखि १५ लाखसम्म र जिल्लास्थित सबै स्वास्थ्य कार्यालयहरुलाई ५ लाख रुपैयाँका दरले उपलब्ध गराइएको सचिव देवकोटाले बताएका छन्।

    दाङ्गस्थित स्वास्थ्य बिज्ञान प्रतिष्ठानलाई तत्काल ७ दिनभित्र आइसियु संचालन गर्ने लक्षका साथ ५० लाख उपलब्ध गराईएको तथा भैरहवास्थित भिम अस्पताललाई आवश्यक उपकरण र जनशक्ति ब्यस्थापनका लागि थप १५ लाख रुपैयाँ उपलब्ध गराइएको पनि सचिव देवकोटाले बताएका छन्। डा. देवकोटाले भने—आवश्यक परे अरु रकम पनि उपलब्ध हुन्छ।

    कोभिड रोकथाम र उपचारका लागि औषधीहरु समेत उत्पादन गर्ने आयुर्बेद औषधालयहरुलाई पनि १ लाखदेखि २ लाख ५० हजारसम्म रकम उपलब्ध गराइएको सचिव देवकोटाले बताए। डा. देवकोटा भन्छन्—कोभिड रोकथाम, नियन्त्रण र उपचार नै अहिलेको मुख्य चुनौतीका रुपमा रहेको छ। बर्तमान अवस्थामा अक्सिजन ब्यबस्थापन अर्को चुनौतीका रुपमा थपिएको छ।

    सरकार समस्या समाधान गर्न तत्पर रहेको उल्लेख गर्दै कोभिड रोकथाम र नियन्त्रणका लागि आवश्यक ठानेर सरकारले लागु गरेको निषेधाज्ञा र जनस्वास्थ्यका सुरक्षा मापदण्ड पुर्ण पालना गर्न र कोभिड नियन्त्रणमा गम्भिर बन्न डा. देवकोटाले सबैलाई आग्रह समेत गरेका छन्।