शनिवार , श्रावण ३०, २०८३
भैरहवा, ३० साउन । चित्रांश समाज सिद्धार्थनगर, रुपन्देहीले इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) निशान्त श्रीवास्तवलाई सम्मान गरेको छ । समाजले शनिबार भैरहवामा आयोजना गरेको एक कार्यक्रमकाबीच उहाँलाई स्वागत तथा सम्मान गरेको हो ।
कार्यक्रममा बोल्नुहुँदै प्रमुख अतिथि डीएसपी श्रीवास्तवले नेपाल प्रहरीको कामलाई आफूले पेशाको रुपमा नभइ सेवाको रुपमा लिएको बताउनुभयो । ‘प्रहरी सेवा मेरो लागि प्लेटफर्म र अवसर पनि हो, मेरो जिम्मेवारी राष्ट्रको लागि नै हुन्छ, ’उहाँले भन्नुभयो । उहाँले मानिसमा धैर्यता आवश्यक रहेकोमा जोड दिनुभयो ।
कार्यक्रममा चित्रांश समाजका अगुवाहरुले शान्ति–सुरक्षा कायम गर्न डीएसपी श्रीवास्तवले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको भन्दै प्रशंसा गरेका थिए ।
कार्यक्रममा सिद्धार्थनगर नगरपालिका–६ का वडाअध्यक्ष विरेन्द्रनाथ श्रीवास्तव, २ का अध्यक्ष छेदीलाल श्रीवास्तव, चित्रांश समाज सिद्धार्थनगरका वरिष्ठ सल्लाहकार अजय वर्मा, श्री बुद्ध सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष श्रीचन्द्र जयसवाल लगायतले बोल्नुभएको थियो ।
चित्रांश समाज सिद्धार्थनगरका अध्यक्ष केदारनाथ श्रीवास्तवको अध्यक्षता, कार्यक्रम संयोजक विशाल श्रीवास्तवको स्वागत तथा समाजका सचिव उपेन्द्र श्रीवास्तवको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij