मंगलवार , श्रावण १९, २०८३
भैरहवा, १९ साउन । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले एक वर्षमा झण्डै १८ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । नगरपालिकाले गत आर्थिक वर्ष २०८२/०८३ मा १७ करोड ९८ लाख ९९ हजार ८ सय १६ रुपैयाँ राजस्व संकलन गरेको हो ।
नगरपालिकाका सूचना अधिकारी तथा वरिष्ठ प्रशासकीय अधिकृत (प्रशासन प्रमुख) देव प्रसाद ज्ञवालीले १७ करोड राजस्व संकलन गर्ने लक्ष्य लिइएकोमा झण्डै १८ करोड संकलन भएको बताउनुभयो ।
सूचना अधिकारी ज्ञवालीका अनुसार आर्थिक वर्ष २०८१/०८२ मा नगरपालिकाले २४ करोड ९५ लाख लक्ष्य लिएकोमा १४ करोड ३६ लाख राजस्व संकलन गरेको थियो । चालु आ.व. २०८४/०८५ मा नगरपालिकाले २१ करोड राजस्व संकलन गर्ने लक्ष्य लिएको छ ।
सिद्धार्थनगर नगरपालिकाले व्यवसाय कर, एकीकृत सम्पत्ति कर, बसपार्क प्रवेश शुल्क, घरबहाल कर लगायतका शिर्षकमा राजस्व संकलन गर्दै आन्तरिक आय गर्दै आएको छ । घरबहाल कर संकलन गर्न धेरै बाँकी रहेकोले बुझाउन बाँकी कर (राजस्व) दाखिला गर्न नगरपालिकाले आग्रह समेत गरेको छ ।
सिद्धार्थनगर नगरपालिकामा १३ वटा वडाहरु छन् ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij