सोमवार , कार्तिक १६, २०८३
काठमाडौं, १६ कार्तिक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्राजिलका पराजित राष्ट्रपति उम्मेदवार फ्लाभियो बोल्सोनारो अमेरिकामा आफूले चाहेसम्म बस्न सक्ने बताउनुभएको छ ।
फ्लोरिडास्थित आफ्नो मार–ए–लागो क्लबमा सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले बोल्सोनारोसँग भेट्ने कुनै योजना नरहेको स्पष्ट पार्नुभयो । यद्यपि, उहाँले बोल्सोनारोमाथि अन्यायपूर्ण व्यवहार भएको टिप्पणी गर्दै अमेरिकामा चाहेसम्म बस्न सक्ने बताउनु भयो । बोल्सोनारोबारे सोधिएको प्रश्नको जवाफमा ट्रम्पले भन्नुभयो, ‘उहाँसँग भेट्ने कुनै योजना छैन । तर मलाई लाग्छ उहाँमाथि अत्यन्तै अनुचित व्यवहार भएको छ । त्यसैले उहाँ आफूले चाहेसम्म यहाँ बस्न सक्नुहुन्छ ।’
ट्रम्पले ब्राजिलको निर्वाचन प्रक्रियालाई समेत अपमानजनक भन्दै आफ्नो असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले बोल्सोनारोमाथि अन्याय भएको आफ्नो धारणा रहेको दोहो¥याउनु भयो ।
लिबरल पार्टीका उम्मेदवार बोल्सोनारो अक्टोबर २५ मा भएको दोस्रो चरणको निर्वाचनमा पराजित हुनुभएको थियो । त्यसपछि उहाँ गत बुधवार परिवारसहित निजी विमानमार्फत अमेरिका पुग्नुभएको थियो । अर्जेन्टिनाबाट उडेको उक्त विमान इक्वेडरमा रोकिएपछि अमेरिका पुगेको जनाइएको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
