२०८३, भाद्र २ गते

Aug 18 2026 | २०८३, भाद्र २ गते

ढुवानी व्यवसायी संघ लुम्बिनीद्वारा रक्तदान, ३६ यूनिट रगत संकलन

शनिवार , श्रावण २, २०८३

  • 2.3K
    Shares
  • 2.3K
    Shares
  • भैरहवा, २ साउन । ढुवानी व्यवसायी संघ लुम्बिनीले रक्तदान कार्यक्रम गरेको छ । संघले शनिबार रुपन्देहीको ओमसतिया गाउँपालिका–२ स्थित पडसरीमा उक्त कार्यक्रम गरेको हो ।

    नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखा रक्त सञ्चार सेवा केन्द्रको प्राविधिक सहयोगमा भएको कार्यक्रममा ३६ यूनिट रगत संकलन भएको सेवा केन्द्रका सदस्य राम प्रसाद सापकोटाले बताउनुभयो ।

    raktadan.jpg

    कार्यक्रमको उद्घाटन गर्नुहुँदै प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखाका सभापति रामचन्द्र उपाध्यायले ढुवानी व्यवसायी संघ लुम्बिनीले छोटो समयमा उत्कृष्ट कार्य गर्न सफल भएको बताउनुभयो । उहाँले आगामी दिनमा पनि यस्ता कार्यक्रम सञ्चालन गर्न आग्रह गर्नुभयो ।

    विशिष्ट अतिथि ओमसतिया गाउँपालिका–२ का वडाअध्यक्ष सितल जि.टी.ले यस्ता कार्यक्रमले रगतको अभाव हुन नदिन मद्दत गर्ने बताउनुभयो । उहाँले संघले सामाजिक कार्यहरु गर्नु प्रशंसनीय रहेको बताउनुभयो ।

    ढुवानी व्यवसायी संघ लुम्बिनीका अध्यक्ष माधव प्रसाद आचार्यले आगामी दिनमा पनि रक्तदानसहित विभिन्न सामाजिक कार्यहरुलाई निरन्तरता दिने बताउनुभयो ।

    कार्यक्रममा पश्चिमाञ्चल ट्रक यातायात व्यवसायी संघका अध्यक्ष यम बहादुर जि.सी., ढुवानी व्यवसायी संघ लुम्बिनी प्रदेश संयोजक श्यामराज हमाललगायतले बोल्दै व्यवसायिक संस्था भए पनि ढुवानी व्यवसायी संघले सामाजिक कार्यहरुलाई निरन्तरता दिदै आएको बताउनुभयो ।

    asss.jpg

    ढुवानी व्यवसायी संघ लुम्बिनीका अध्यक्ष माधव प्रसाद आचार्यको अध्यक्षता, कार्यक्रम संयोजक एवं संघका प्रथम उपाध्यक्ष रामकाजी के.सी.को स्वागत तथा महासचिव रामनारायण ठाकुर (मुन्ना) को सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।