२०८३, भाद्र २ गते

Aug 18 2026 | २०८३, भाद्र २ गते

विश्व हिन्दू परिषद् रुपन्देहीमा नयाँ नेतृत्व

शनिवार , श्रावण २, २०८३

  • 1.6K
    Shares
  • 1.6K
    Shares
  • भैरहवा, २ साउन । विश्व हिन्दू परिषद् नेपाल लुम्बिनी प्रदेशको समीक्षा बैठक सम्पन्न भएको छ । शुक्रबार भैरहवामा बसेको बैठकमा रुपन्देही जिल्लाको नयाँ कार्यसमिति गठन गरेको छ ।

    नवगठित समितिको अध्यक्षमा खेमराज भुसाल, कार्यकारी अध्यक्षमा सुधिर महासेठ, उपाध्यक्षमा दुर्गा प्रकाश गुप्ता, सचिवमा विरेन्द्र ज्ञवाली, सह–सचिवमा सुनिल केवट, मोहन सहानी र कोषाध्यक्षमा गणेश गुप्ता रहनुभएको छ । त्यस्तै युवा प्रमुखमा सन्तोष भुषाल, गौरक्षा प्रमुखमा विष्णु रौनियार, धर्म प्रचार प्रमुखमा प्रेमलाल यादव, महिला प्रमुखमा आरती अग्रहरी र प्रचार प्रमुखमा रबिन्द्र गुप्ता रहनुभएको छ ।

    त्यस्तै सल्लाहकारमा दिनेश गुप्ता, भिम गुप्ता, विमल सेन्चुरी, प्रियाबन्धु न्यौपाने, गौतम कुमार गुप्ता, विकास सेन, संजय बेरिवाल, राजकुमार गुप्ता र दीपक कौशल रहनुभएको छ ।

    त्यसै गरी सिद्धार्थनगर नगर समितिको अध्यक्षमा पवन बेरिवाल, उपाध्यक्षमा दीपेन्द्र मौर्या, सचिवमा महेश प्रसाद गुप्ता, सह–सचिवमा मुन्ना ठाकुर, कोषाध्यक्षमा मनोज कुमार अग्रहरी, युवा प्रमुखमा विरेन्द्र गुरुङ्ग, गौरक्षा प्रमुखमा श्रवण कान्दु, धर्म प्रचार प्रमुखमा रमेश चौरसिया, महिला प्रमुखमा शर्मिला क्षेत्री, प्रचार प्रमुखमा महेश गुप्ता र सदस्यमा धिरज अग्रहरी रहनुभएको छ ।

    विश्व हिन्दू परिषद् नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष त्रिभुवन दत्त मिश्राको अध्यक्षता, परिषद्को राष्ट्रिय महासचिव राजेन्द्र चौधरीको प्रमुख आतिथ्यता, राष्ट्रिय संगठन सचिव प्रहलाद रेग्मीको विशिष्ट आतिथ्यता, राष्ट्रिय सचिव राजन उपाध्याय, भैरहवा विभाग महिला प्रमुख किरण गुप्ता, राष्ट्रिय वैश्य महासंघ नेपाल, रुपन्देहीको उपाध्यक्ष पूर्णिमा रौनियार, सदस्य रुवी रौनियार, अनिता गुप्ता लगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

    WhatsApp Image 2026-07-17 at 6.39.43 PM (2).jpeg

    कार्यक्रमको सञ्चालन विश्व हिन्दू परिषद् लुम्बिनी प्रदेश सह-सचिव विकास यादवले गर्नुभएको थियो ।