बुधवार , आषाढ ३१, २०८३
भैरहवा, ३१ असार । रोटरी क्लब अफ भैरहवाको १० औं पदस्थापन समारोह भैरहवामा सम्पन्न भएको छ । समारोहमा क्लबको वर्ष २०२५/०२६ का अध्यक्ष कमल कोइरालाले वर्ष २०२६/०२७ का अध्यक्ष अजय कुमार गुप्तालाई पद हस्तान्तरण गर्नुभएको थियो ।
सो अवसरमा बोल्नुहुँदै समारोहका प्रमुख अतिथि पूर्व डिष्ट्रिक्ट गभर्नर रविन्द्र कुमार पियाले रोटरीको भावना र मर्म अनुसार काम गर्न क्लब नेतृत्व र सदस्यहरूलाई आग्रह गर्नुभयो ।
विशिष्ट अतिथि सिद्धार्थनगर नगरपालिकाका पूर्व नगरप्रमुख तथा नेपाल नेत्र ज्योति संघका केन्द्रीय उपाध्यक्ष सागर प्रताप राणाले रोटरीले सामाजिक क्षेत्रमा अग्रणी भूमिका निर्वाह गरेको बताउनुभयो ।
कार्यक्रममा असाइन्ड असिस्टेन्ट गभर्नर शिव ज्ञवाली, स्पोन्सर क्लब रोटरी क्लब अफ सेन्ट्रल बुटवलका अध्यक्ष बाबुराम बोहोरा, रोटरी क्लब अफ भैरहवाका संस्थापक अध्यक्ष राजकुमार गुप्ता, निवर्तमान अध्यक्ष कमल कोइराला लगायतले भनाइ राख्नुभएको थियो ।
कार्यक्रममा २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण गर्ने क्लबका सदस्यका सन्तानहरुलाई सम्मान गरिएको थियो । ९ जना विद्यार्थीहरुलाई सम्मान गरिएको क्लबले जनाएको छ ।
त्यस्तै पाँचजना चिकित्सकसहित उद्योगपति, व्यवसायी (भैरहवा, तिलोत्तमा , बुटवल गरी १० जना नयाँ सदस्यहरुलाई क्लबका अध्यक्ष अजय कुमार गुप्ता र प्रमुख अतिथि रविन्द्र कुमार पियाले प्रमाणपत्र प्रदान गरी स्वागत समेत गर्नुभएको थियो ।
क्लबका प्रेसिडेन्ट इलेक्ट दीपक सापकोटाको स्वागत, कार्यक्रम संयोजक एवं प्रेसिडेन्ट नोमिनी श्याम क्षेत्रीको धन्यवाद ज्ञापन तथा सचिव हरि प्रसाद आचार्यको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा क्लबका पदाधिकारी र सदस्यहरुले सपथग्रहण गरेका थिए । क्लबको निवर्तमान अध्यक्षमा कमल प्रसाद कोइराला, प्रेसिडेन्ट इलेक्टमा दीपक सापकोटा, प्रेसिडेन्ट नोमिनीमा श्याम बहादुर क्षेत्री, प्रथम उपाध्यक्षमा राजु श्रेष्ठ, द्वितीय उपाध्यक्षमा सुमन पौडेल, सचिवमा हरि प्रसाद आचार्य, कोषाध्यक्षमा देवराज रिजाल, सह–सचिवमा बलराम कार्की, सह–कोषाध्यक्षमा सुदर्शन पन्त, चेयर क्लब एडमिनिष्ट्रेशनमा उमेश चन्द्र आचार्य, चेयर मेम्बरसीपमा रविश मिश्र, चेयर पब्लिक इमेजमा चक्रमणि आचार्य, चेयर टीआएरएफमा राजु न्यौपाने र चेयर सर्भिस प्रोजेक्टमा रंजु शर्मा रहनुभएको छ ।
त्यस्तै सर्जेन्ट एट आमर्स (फस्ट) मा कृष्ण अर्याल, सर्जेन्ट एट आमर्स (सेकेण्ड) मा विकास कुमार सेन, चेयर टिच सब कमिटीमा प्रदीप पौडेल, चेयर क्लब बुुलेटिन एण्ड एडिटरमा पवन पौडेल, चेयर आईटी एण्ड सोसल मिडिया सब कमिटीमा पप्पु कुमार गुप्ता, इन्भारमेन्टमा कुन्दन बज्राचार्य, फण्ड राईजिंगमा मनिष भट्टराई, मिडियामा सन्तोष शुक्ला, क्लब मेन्टरमा संजीव शर्मा रेग्मी, एडभाईजर टु प्रेसिडेन्टमा राम प्रसाद पन्थी, एडभाईजर टु बोर्डमा सिए शिवहरि शर्मा र सीएसआर सब–कमिटी चेयरमा अखिलेश्वर चौधरी रहनुभएको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij