२०८३, आषाढ ३० गते

Jul 14 2026 | २०८३, आषाढ ३० गते

बहिरा बाल माविलाई शैक्षिक सामग्री हस्तान्तरण

मंगलवार , आषाढ ३०, २०८३

  • 295
    Shares
  • 295
    Shares
  • भैरहवा, ३० असार । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–२ मेउडिहवास्थित श्री बहिरा बाल माध्यमिक विद्यालयले दुईवटा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शैक्षिक तथा आधारभूत पूर्वाधार सुदृढीकरणका लागि आवश्यक सामग्री सहयोग गरेका छन् । मुक्तिनाथ विकास बैंक कोटिहवा शाखा र कुमारी बैंक लिमिटेड भैरहवा शाखाले विद्यालयलाई सामग्री हस्तान्तरण गरेका हुन् ।

    मुक्तिनाथ बैंकले आयोजना गरेको कार्यक्रममा विद्यालयलाई एक थान आधुनिक वाटर कुलर मेसिन हस्तान्तरण गरिएको हो ।

    WhatsApp Image 2026-07-13 at 2.14.32 PM (1).jpeg

    कार्यक्रममा बोल्दै वडाअध्यक्ष छेदीलाल श्रीवास्तवले सामूदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि निजी क्षेत्रको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो । उहाँले सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकहरूले शिक्षा क्षेत्रमा गरेको सहयोग अनुकरणीय रहेको उल्लेख गर्नुभयो । उहाँले यस्ता कार्यले विद्यार्थीहरूलाई थप सहज वातावरणमा अध्ययन गर्ने अवसर प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।

    त्यस्तै कुमारी बैंकले विद्यालयका विद्यार्थीहरूको पठनपाठनलाई थप सहज र व्यवस्थित बनाउन १० थान फाइबर बेञ्च तथा ३ थान पानी डिस्पेन्सर मेसिन विद्यालयलाई हस्तान्तरण गरेको छ । विद्यालयमा विद्यार्थीको संख्या बढ्दै जाँदा आवश्यक शैक्षिक सामग्रीको व्यवस्थापनमा सहयोग पुग्ने उद्देश्यले उक्त सामग्री उपलब्ध गराइएको बैंकले जनाएको छ ।

    विद्यालयका प्रधानाध्यापक भीमबहादुर थापाले दुवै बैंकप्रति आभार व्यक्त गर्दै प्राप्त सामग्रीले विद्यालयको दैनिक व्यवस्थापन र विद्यार्थीहरूको अध्ययन वातावरण सुधारमा प्रत्यक्ष सहयोग पुग्ने बताउनुभयो । उहाँले सुरक्षित खानेपानीको व्यवस्था, पर्याप्त बस्ने स्थान तथा आधारभूत सुविधाले विद्यार्थीको सिकाइमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो ।

    WhatsApp Image 2026-07-13 at 2.14.32 PM (3).jpeg

    सिटीओ विजयकुमार गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बैंकका प्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, शिक्षक तथा स्थानीय अभिभावकहरूको समेत उपस्थिति थियो ।