२०८३, आषाढ २९ गते

Jul 13 2026 | २०८३, आषाढ २९ गते

सरकारले राम्रो काम गरोस् भनेर खबरदारी गरिरहेका छौं : ज्ञानेन्द्र शाही

सोमवार , आषाढ २९, २०८३

  • 277
    Shares
  • 277
    Shares
  • भैरहवा, २९ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञान बहादुर शाही (ज्ञानेन्द्र) ले वर्तमान सरकारले एक सय दिनमै नराम्रो काम गर्‍यो भन्न नमिल्ने बताउनुभएको छ । उहाँले सरकारले सय दिनमा जति छ, राम्रै काम गरेको बताउनुभयो ।

    सोमबार रुपन्देहीको भैरहवामा राप्रपाका नेता–कार्यकर्तासँगको भेटघाट तथा छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै उहाँले सरकारले अझै राम्रो काम गरोस् भनेर आफूहरुले खबरदारी गरिरहेको बताउनुभयो । ‘सरकारलाई हामीले खबरदारी गर्ने हो, पहिलाको जस्तो भ्रष्टाचार छैन, ’उहाँले भन्नुभयो– सरकारले केही काम गर्न खोजिरहेको छ । हामीले अझ खबरदारी गर्यौं भने अझ राम्रो हुन्छ ।’

    उहाँले गणेश नेपालीको विषयमा संसदमा राप्रपाले आवाज उठाएकै कारण गृहमन्त्री पीडित परिवारसँग वार्ता गर्न बाध्य भएको समेत बताउनुभयो । 

    उहाँले राप्रपाको आगामी महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने समेत बताउनुभयो । ‘राप्रपामा रुपान्तरण आवश्यक छ । देश पुस्तान्तरणमा गइसक्यो । अब पार्टी रुपान्तरण गर्ने हो, ’उहाँले भन्नुभयो ।