२०८३, आषाढ २९ गते

Jul 13 2026 | २०८३, आषाढ २९ गते

महानगरविरुद्ध जाहेरी दिन प्रहरीमा पुग्यो गणेश नेपालीको परिवार

सोमवार , आषाढ २९, २०८३

  • 229
    Shares
  • 229
    Shares
  • काठमाडौँ, २९ असार । आफ्नै शरीरमा पेट्रोल खन्याई आगो लगाएर ज्यान गुमाएका मुगुका २५ वर्षीय गणेश नेपालीका परिवार ज्यानसम्बन्धी कसुरमा जाहेरी दिन प्रहरी वृत्त कालिमाटी पुगेका छन् ।

     डीएसपी नरेशकुमार सिंहका अनुसार कुन मुद्दामा कसलाई प्रतिवादी बनाउने भन्नेबारेमा छलफल गर्न नेपालीको परिवार सोमबार बिहानै त्यहाँ पुगेका थिए । कानुन व्यवसायीहरूको सल्लाहबमोजिम ज्यानसम्बन्धी कसुरमा जाहेरी लेखाउन उनीहरु लेखापढी व्यवसायीकहाँ पुगेको उनले बताए ।

    ‘हामीकहाँ जाहेरी आइपुगेको छैन, लेखाउन जानुभएको छ’, उनले भने, ‘जाहेरी आएपछि दर्ता हुने, नहुने वा प्रतिवादी कसलाई र के आधारमा बनाइएको भन्ने विषयमा केही जानकारी छैन ।’

    आइतबार मात्रै नेपालीको परिवार र प्रशासनबीच ९ बुँदे सहमति भएको थियो । महाननर प्रहरीले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नो मोटरसाइकलमा ह्वील लक लगाएको विषयमा विवाद भएपछि नेपालीले आफ्नो शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए । उपचारको क्रमा भोलिपल्ट शुक्रबार उनको वीर अस्पतालमा मृत्यु भएको थियो ।