बुधवार , आषाढ २४, २०८३
भैरहवा, २४ असार । लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री भण्डारी लाल अहिरको जनसम्पर्क सल्लाहकारमा मोहम्मद अली नियुक्त हुनुभएको छ । मन्त्री अहिरले उहाँलाई जनसम्पर्क सल्लाहकारमा नियुक्त गर्नुभएको हो ।
असार २३ गतेदेखि लागू हुने गरी अलीलाई मन्त्री अहिरको सचिवालयमा कामकाज गर्ने गरी नियुक्त गरिएको हो । अली रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–४ का स्थायी बासिन्दा हुनुहुन्छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij