२०८३, आषाढ २४ गते

Jul 08 2026 | २०८३, आषाढ २४ गते

चीनको हुबेईमा भीषण आँधीबेहरी : ११ जनाको मृत्यु, एक बेपत्ता

बुधवार , आषाढ २४, २०८३

  • 250
    Shares
  • 250
    Shares
  • काठमाडौँ, २४ असार । मध्य चीनको हुबेई प्रान्तको पूर्वी क्षेत्रमा सोमवार राति आएको भीषण आँधीबेहरी र हावाहुरीका कारण ११ जनाको मृत्यु भएको छ ।

    विपत्तिमा परी एकजना बेपत्ता भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् । सोमवार राति ७ देखि ११ बजेको बीचमा हुआङ्सी, हुआङ्गाङ, एजोउ र सियानिङ लगायतका क्षेत्रमा मेघगर्जनसहित शक्तिशाली हावाहुरी चलेको थियो ।

    केही क्षेत्रमा प्रतिघण्टा उच्च गतिको लेभल १३ सम्मको हावाहुरी र चक्रवात समेत आएको स्थानीय प्रशासनले जनाएको छ । यस प्राकृतिक प्रकोपमा परी ३३१ जना स्थानीय बासिन्दा घाइते भएका छन् । आँधीबेहरीका कारण २२ वटा भवनहरू पूर्ण रूपमा भत्किएका छन् भने ४ हजार ८ सय ५५ वटा घर तथा संरचनामा क्षति पुगेको छ ।

    प्रान्तीय अधिकारीहरूकाअनुसार हाल प्रभावित क्षेत्रमा व्यापक रूपमा खोजी तथा उद्धार कार्य सञ्चालन गरिएको छ । सम्भावित अन्य जोखिमहरू न्युनिकरण गर्न र थप विपत्ति रोक्नका लागि आवश्यक सावधानी र राहतका प्रयासहरू जारी राखिएको छ ।