बुधवार , आषाढ २४, २०८३
भैरहवा, २४ असार । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका ४ नम्बर वडा कार्यालयले वडाबासीलाई स्प्रे टंकी तथा पानी तान्ने विद्युतीय मोटर वितरण गरेको छ ।
मंगलबार वडा कार्यालयमा ४८ जनालाई स्प्रे टंकी र ३० जनालाई विद्युतीय मोटर वितरण गरिएको वडाअध्यक्ष मुक्तिनाथ यादव (भोला)ले बताउनुभयो । ‘स्प्रे टंकी र विद्युतीय मोटर ५० प्रतिशत अनुदानमा वितरण गरिएको हो, ’अध्यक्ष यादवले भन्नुभयो ।
उक्त सामग्री वडाबासीलाई सिद्धार्थनगर नगरपालिकाको उपपप्रमुख उमा अधिकारी, वडाअध्यक्ष मुक्तिनाथ यादव, वडा सदस्य हरि बहादुर के.सी., सईद अहमद धुनिया, कृषि विकास अधिकृत योगेन्द्र प्रसाद यादवले वितरण गर्नुभएको हो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij