२०८३, आषाढ १८ गते

Jul 02 2026 | २०८३, आषाढ १८ गते

यात्रुबाहक माइक्रो गाडी कर्णाली नदीमा खस्यो

बिहिवार , आषाढ १८, २०८३

  • 253
    Shares
  • 253
    Shares
  •  दैलेख, १८ असार । जिल्ला दैलेख, चामुण्डा बिन्द्रासैनी न. पा.७ अन्तर्गत साङ्गेतरा स्थित कर्णाली राजमार्गमा सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२ ००१ ख १०५५ नम्बरको फोर्स गाडी कर्णाली नदीमा खसेको छ ।


    गाडी चालक जिल्ला  सुर्खेत पञ्चपुरी न. पा.८ निवासी अन्दाजी २८ वर्षीय तुलाराम सुवेदी हुन् । गाडीमा चालकसहित पाँच जना सवार रहेको भन्ने बुझिएको छ ।


    गाडी सडकबाट करिब ४०० मिटर तल खसेर कर्णाली नदीमा डुबेको छ। घटनास्थलबाट एक जना पुरुषलाई फेला पारी सडकतर्फ ल्याउने कार्य भइरहेको छ। अन्य सवारको उद्धार कार्य जारी रहेको छ भने घटनाबारे थप विवरण आउन बाँकी छ ।