२०८२, आश्विन ५ गते

Sep 21 2025 | २०८२, आश्विन ५ गते

कोरोना महामारी रोकथामका लागि सरकारलाई बन्जाडेको पाँच सुझाव

शुक्रवार , बैशाख ३१, २०७८

  • 3.7K
    Shares
  • 3.7K
    Shares
  • भैरहवा, ३१ वैशाख । युवा समाजसेवी तथा अभिवक्ता प्रख्यात बन्जाडेले सरकारलाई पाँच बुंदे सुझाव दिएका छन् । प्रधानमन्त्रीमा पुनः नियुक्त भएका केपी शर्मा ओलीलाई उनले शुक्रबार सामाजिक सञ्जालमार्फत कोरोना महामारीको रोकथाम तथा नियन्त्रणका लागि गर्नुपर्ने केही कार्यहरुबारे सुझाव दिएका हुन् ।

    अक्सिजन अभाव पुरा गर्न रणनैतिक निर्णय गर्नुपर्ने, नेपालको स्वास्थ्य व्यवस्थालाई परिमार्जित गरी सरकारी अस्पतालहरुमा आकस्मिक रुपमा भेन्टिलेटर, आइसीयूको निर्माण तथा बेडको क्षमता वृद्धिको व्यवस्थापन गर्नुपर्ने, दक्ष डाक्टरहरूलाई अस्पतालमा व्यवस्थापन गर्नुपर्ने उनको सुझाव छ । त्यस्तै ओपिडी सञ्चालन तत्काल सुरू गर्नुपर्ने र युवादेखि वृद्धवृद्धासम्मलाई कोभिड विरुद्धको खोप लगाउने कार्य तत्काल सुचारु गर्नुपर्ने उनको सुझाव छ । 

    महामारीमा बन्जाडेको क्रियाशिलता

    लुम्बिनी प्रेस क्लब रुपन्देहीका पूर्व सल्लाहकार बञ्जाडेले २०७६ चैत ११ गतेदेखि नेपालमा बन्दाबन्दी सुरु गरे पश्चात कृषि एम्बुलेन्समा खटिएको बताए । उनले मुलुकको सुरक्षाको लागि सीमा क्षेत्रमा पर्खाल लगाउनुपर्ने र नेपाल भारतबीचको सम्बन्धलाई थप प्रगाढ बनाउनुपर्ने आवाज उठाउँदै आएका छन् । सीमा विवाद समाधान गर्नुपर्ने माग गर्दै उनले विभिन्न निकायमा ध्यानाकर्षण समेत गराइसकेका छन् ।

    पुनः दोस्रो लहरको कोरोना भाइरस सुरु भएपछि पनि बन्जाडे विभिन्न अस्पतालमा पुगेर कोरोना संक्रमित विरामीले अक्सिजन पाए/नपाएको बारे जानकारी लिइरहन्छन् ।

    received_559913928332504.jpeg

    कोरोना महामारीको बेलाम लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री सन्तोष कुमार पाण्डेयसंग निरन्तर समन्वय र सहकार्य गर्दै विभिन्न कार्यमा अगाडी बढेको बन्जाडेको भनाइ छ ।

    IMG_6177.JPG

    समाजमा रहेका विकृति, विसंगतिविरुद्ध निरन्तर आवाज उठाउँदै सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै आएको बन्जाडे बताउँछन् । सिद्धार्थनगर–८ निवासी ४६ वर्षिय बन्जाडेको सामाजिक क्रियाशिलताले अरुलाई पनि प्रेरणा मिल्ने सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीका कोषाध्यक्ष गोविन्द ज्ञवाली बताउँछन् । ‘अहिलेसम्म उहाँले गरेको योगदानको उच्च कदर गर्नुपर्छ, कोभिड–१९ को समयमा आफ्नो ज्यान समेत जोखिममा राखेर निरन्तर समाजलाई योगदान पुयाउँदै आउनुभएको छ, ’उनले भने । 
    सिद्धार्थनगर नगरपालिका वडा नम्बर १२ का वडा सदस्य सरोज ठकुरीले समाजसेवी प्रख्यात बन्जाडेले राम्रो काम गर्नुभएको बताए । अहिलेको अवस्थामा जोखिम बढ्दो छ, तर उहाँ दिनरात खट्नुभएको छ, यो प्रशसंनीय कार्य हो, ‘उनले भने ।

    received_4651114674904839.jpeg