२०८३, आषाढ १८ गते

Jul 02 2026 | २०८३, आषाढ १८ गते

उत्तरी यमनमा २७ टनभन्दा बढी लागुऔषध नष्ट

बिहिवार , आषाढ १८, २०८३

  • 199
    Shares
  • 199
    Shares
  • काठमाडौँ, १८ असार । यमनको उत्तरी प्रान्त सादामा हुथी अधिकारीहरूले बरामद गरिएको करिव २७ टन लागुऔषध नष्ट गरेका छन् ।

    हुथी नियन्त्रित गृह मन्त्रालयकाअनुसार सोमवार एक विशेष समारोहका बीच उक्त परिमाणको लागुऔषध नष्ट गरिएको हो । नष्ट गरिएको लागुऔषधमा २७ टन ७८९ किलो ५६० ग्राम गाँजाको खोटो रहेको छ ।

    यो परिमाण विगत १२ महिनामा सादा प्रान्तका विभिन्न स्थानमा सञ्चालित ६१३ वटा सुरक्षा कारबाहीका क्रममा बरामद गरिएको मन्त्रालयले जनाएको छ ।

    विशेष फौजदारी अभियोजनद्वारा जारी विज्ञप्तिअनुसार उक्त लागुऔषध छिमेकी मुलुकतर्फ तस्करी गर्ने तयारी भइरहेको अवस्थामा नियन्त्रणमा लिइएको थियो । यमन सन् २०१४ को अन्त्यदेखि भीषण गृहयुद्धको चपेटामा रहेको छ ।

    हुथी समूहले राजधानी सानासहित उत्तरी यमनका अधिकांश भूभागमा नियन्त्रण जमाएपछि यमनी सरकार विस्थापित भएको छ । अस्थिर राजनीतिक अवस्थाको फाइदा उठाउँदै उक्त क्षेत्रमा लागुऔषध तस्करीका गतिविधिहरू बढ्दै गएको बताइन्छ ।