मंगलवार , आषाढ १६, २०८३
दाङ, १६ असार । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशन अन्तर्गत ११ औं बैठक बुधबार (भोली) दिउँसो १ बजे बस्ने भएको छ । सभामुखको निर्देशनअनुसार तय भएको बैठकमा राजस्व तथा व्ययको वार्षिक अनुमानमाथिको सैद्वान्तिक छलफलदेखि विधेयकसम्बन्धी कार्यसूचीसम्म रहेका छन् ।
बैठकमा प्रदेश सभा सदस्यहरूले आगामी आर्थिक वर्षको ‘राजस्व र व्ययको वार्षिक अनुमान’ माथि सैद्वान्तिक छलफलमा भाग लिने कार्यक्रम छ ।
छलफलका क्रममा उठ्ने प्रश्नहरूको जवाफ लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले दिने कार्यक्रम रहेको प्रदेश सभा सचिवालयले जनाएको छ । त्यसै गरी मन्त्री कार्कीले ‘विनियोजन विधेयक’ प्रदेश सभामा औपचारिक रूपमा पेश गर्ने कार्यसूची पनि तय भएको छ ।
बैठकमा सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले ‘थारु समुदायका प्रथाजनित परम्परा सम्बन्धी विधेयक’ समितिमा पठाउने प्रस्ताव पेश गर्ने समेत कार्यसूचीमा रहेको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij