मंगलवार , आषाढ ९, २०८३
भैरहवा, ९ असार । रुपन्देही क्रिकेट संघको आयोजनामा रुपन्देही–११ र भारतको मध्यप्रदेश टीमबीच फ्रेण्डली सिरिज (क्रिकेट) सम्पन्न भएको छ । जेठ ६ देखि ८ गतेसम्म भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा भएको प्रतियोगिता अन्तर्गत तीनवटै खेलमा मध्यप्रदेशलाई पराजित गर्दै क्लीनस्वीप गरेको छ ।
तीनवटै खेलमा टस जितेको रुपन्देही–११ ले ब्याटिङ गरेको थियो । देव खनालको कप्तानीमा खेल भएको प्रशिक्षक मान बहादुर थापाले बताउनुभयो ।
पहिलो खेलमा रुपन्देही–११ ले ८ विकेटको क्षतिमा ४०५ रन बनायो । उसका लागि बसिर अहमदले शतकपारी (१ सय रन) बढी र देव खनालले ८६ रन बनाउनुभयो ।
मध्यप्रदेश २७० रनमै समेटिएको थियो । उक्त खेलमा १३४ रनले रुपन्देही–११ विजयी भएको छ । यस खेलमा बसिर अहमद म्यान अफ द म्याच घोषित हुनुभयो ।
दोस्रो खेलमा रुपन्देही–११ ले ११८ रन बनायो । उसका लागि अमर मिश्राले ५४ रन बनाउनुभयो । जवाफमा मध्यप्रदेश सम्पूर्ण विकेट गुमाउँदै ७० रनमै समेटियो । ११८ रनले रुपन्देही–११ ले जितेको प्रशिक्षक मान बहादुर थापाले जानकारी दिनुभयो । उक्त खेलमा अमर मिश्रा म्यान अफ द म्याच घोषित हुनुभएको थियो ।
त्यस्तै तेस्रो खेलमा रुपन्देही–११ ले ९ विकेटको क्षतिमा २१८ रन बनायो । उसका लागि आरिफ खाले ६० र सारिक अलीले ४५ रनको योगदान गर्नुभयो । जवाफमा मध्यप्रदेश ७६ रनमै समेटियो । यो खेलमा १४२ रनले रुपन्देही–११ जित्यो । खेलमा आरिफ खान म्यान अफ म्याच घोषित हुनुभयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij