२०८२, आश्विन ५ गते

Sep 21 2025 | २०८२, आश्विन ५ गते

आज झण्डै ९ हजार नयाँ संक्रमित थपिए

कोरोनाका कारण २ सय १४ को मृत्यु

बिहिवार , बैशाख ३०, २०७८

  • 2.5K
    Shares
  • 2.5K
    Shares
  • काठमाडौं, ३० वैशाख ।  
    पछिल्लो २४ घण्टामा नेपालमा ८ हजार ९ सय ६० जना कोरोना संक्रमित थपिएका छन् भने सो अवधीमा २ सय १४ जनाको मृत्यु भएको छ । कुल २० हजार २ सय ४५ जनामा आरटी पीसीआर परीक्षण गर्दा ८ हजार ९६० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    यसै अवधिमा नेपालमा कुल ५ हजार ५५ जना संक्रमित निको भएर घर फर्किएको मन्त्रालयका प्रबक्ता डा. जागेश्वर गौतमले बताए ।

    नेपाली सेनाले गरेको शव व्यवस्थापनका आधारमा आज नेपालमा २ सय १४ जना संक्रमितको मृत्यु भएको र कोरोना संक्रमणबाट मृत्यु हुनेको यकिन तथ्यांक अझै बढ्न सक्ने पनि मन्त्रालयले जनाएको छ ।